नयाँ बानेश्वरमा खुल्यो चिया सागर, जहाँ पाईन्छ ५५ प्रकारका चिया

काठमाडौं । नयाँ बानेश्वरस्थित के एण्ड के कलेजको ठिक अगाडी ६० लाख रुपैंयाँ लगानीमा चिया सागर खुलेको छ । असार ३१ बाट सञ्चालनमा आएको चिया सागरले ५५ प्रकारका चिया उपलब्ध गराउनेछ । विशेषगरी चिया सागरको मेनुमा मट्का, मसाला, आइस टि, घरको चिया, हर्बल टि, ग्रिन टि, फ्रुट् टि उपलब्ध छन् ।

अन्य क्याफे र रेस्टुराँ भन्दा चिया सागरको मेनु फरक रहेको सञ्चालकले जनाएका छन् । ‘महत्वपूर्ण मसालायुक्त, ए वन ग्रेडको मसाला मिसाएर आफ्नै रेसिपी तयार पारेका छौं ।’ सञ्चालक मध्येका एक केशब शर्माले बताए, ‘हामीले उपभोक्ताहरुलाई फरक स्वाद चखाउँछौं ।’ चियाका पारखीहरुलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ५० देखी १ सय ६० रुपैंयाँका आइटम उपलब्ध छन् । सिंगो पट् अर्डर गर्नु परेमा २ सय देखी ३ सय ५० रुपैंयाँ मूल्य तोकिएको छ । चिया, कफी बाहेक बेकरी र स्यान्ड्विच पनि मेनुमा उपलब्ध छन् ।

चिया सागरमा १ सय ५० देखी २ सय मानिसहरु एकै पटक बस्न मिल्ने क्षमता छ । दुई वटा बेग्ला बेग्लै साना रुम छन्, जसमा १५ देखी २० जना अटाउन मिल्ने क्षमता छ । ‘बिभिन्न कार्यक्रम आयोजना गर्न र भेटघाटका लागि चिया सागर उपयुक्त छ ।’ सञ्चालक शर्माले बताए । यस्तै चियासँग सम्बिन्धित उत्पादनहरु आयात तथा निर्यात गर्ने लक्ष्य रहेको उनले बताए । कम्पनी अन्र्तगत केशब शर्मा, नविन शमा र प्रकाश पौडेल तीन जना सञ्चालक रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 684 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ खाँदबारी–किमाथांका सडक पुनः सञ्चालनमा