सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिका । बुढीनन्दा, स्वामीकार्तिक र खप्तड पनि बाजुरामै छन् । बडीमालिकामा चतुर्दशी अर्थात् यही बुधबार मूलपुजा गर्न मेला लाग्दै छ । जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटक, बाजुरास्थित सरकारी कार्यालयको पुजा टोली र स्थानीय परम्पराअनुसार मंगलबार बडीमालिका प्रस्थान गर्ने तयारीमा जुटेका छन् । बडीमालिका पुजा गर्ने डोटीको सरकारी पुजाटोली हिँडिसकेको छ ।
अछाम बैद्यनाथबाट समेत यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्पराअनुरुप यो टोली १५ दिनअघि नै प्रस्थान गरेको हो । यस क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको हो । यस क्षेत्रको अवलोकन उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटकसमेत यसैबेला बडीमालिका पुग्ने गर्दछन् । २२ पाटन, त्रिवेणी र खेतीवेती बडीमालिकाका मुख्य आकर्षण हुन् ।
करिब १४ हजार फिट उचाईमा रहेको भूमिमा रहेका समथर हरिया फाँट अनि त्यसमाथि फुलेका दर्जनौं प्रजातिका फुलको रमणीयता हेर्दा बडीमालिका साँच्चै प्रकृतिको अनुपम उपहार अनुभव हुन्छ । ल ल ल औपचारिक पुजाआजा गर्नुपर्ने परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पुजा टोलीसहितका तीर्थयात्री बडीमालिका प्रस्थान गरेका थिए भने पुजा सकेर आ–आफ्नो थाकथलो लागेका छन् । बडीमालिका पुजाका डोटी टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि छ ।
अछाम वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्पराअनुरुप एक टोली १५ दिनअघि प्रस्थान गरेको थियो । बाजुरा भूमिबाट बडीमालिका पुग्न तोकिएका स्थानमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । सोही मान्यताअनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ हिँडेका थिए । अन्य वर्षभन्दा यस वर्ष भक्तजनको बढी भिड रहेको पुजारी भानुभक्त जोशी सुनाउँछन् । बाजुरा त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिकाको धार्मिक तथा पर्यटकीय महत्व विशिष्ट छ । ‘मागेको वरदान पूरा हुन्छ’ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन् । स्कन्दपुराणअनुसार दक्ष प्रजापतिको यज्ञमा आफ्नी अर्धांगिनी सत्यदेवी होमिएर प्राण त्याग गरेपछि महादेवले उनको मृत शरीर बोकेर पदयात्रा गर्दै जानेक्रममा मल्लागिरी पर्वतमा सत्यदेवीको बायाँ अंग पतन भएको थियो ।
यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका प्रमुख शक्ति पीठका रूपमा स्थापित भएको हो । बडीमालिका तीर्थयात्रामा गएका गरेको बैतडीका गणेश जोशी भन्छन्, ‘बडीमालिकाको महिमा सुनेर पहिलोपटक जान आएको हुँ ।’ यस वर्ष बडीमालिका यात्रा गरेर फर्किएका विकास अधिकारी र अर्जुनप्रसाद सुवेदी बडीमालिका ‘प्रकृतिको दुर्लभ उपहार’ भएको बताउँछन् । ‘यहाँ पुगेपछि जीवनका सारा कष्ट हराएको अनुभूति हुन्छ,’ उनीहरू भन्छन्, ‘पुजाको अवसर पारेर विभिन्न क्षेत्रका पर्यटक तथा तीर्थयात्री बडीमालिका पुग्ने गर्दछन् ।’ ल तालको राजधानी हाजिरी जवाफ प्रतियोगितामा प्रायः नसोधिने भएकाले यस’bout धेरैलाई थाहा छैन । तिलिचोपछि दोस्रो उचाईमा रहेको ताल पनि नेपालमै पर्छ, बाजुरा बुढीनन्दा क्षेत्रमा ।
धार्मिक आस्था र अपार प्राकृतिक छटाको सुन्दरताले महत्वपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाईमा रहेको तथ्य सार्वजनिक भएपछि चासो बढ्न थालेको छ । बुढीनन्दा देवी थापन पटासँगै चट्टान नै चट्टानबीच ठूलो ताल छ । यसवरिपरि अरु ९ वटा ताल पनि छन् । मुख्य तालको उचाई समुन्द्री सतहबाट ४ हजार ५ सय ८१ मिटर रहेको छ । तालको लम्बाई, चौडाई तथा गहिराई’bout आधिकारिक तथा विस्तृत अध्ययन भने सरकारी निकायबाट भएको छैन । बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उदाहरण हो । ‘मुख्य तालवरिपरी परिक्रमा गर्न झण्डै डेढ घण्टा लाग्छ,’ स्थानीय रामबहादुर बोहरा भन्छन् । यो ताल ठूला पहाडबीच गोलो आकारमा छ । स्थानीय नवीन शाहीका अनुसार यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, महादेव महारुद्र ताल, राक्षेशीताल, मष्टाताला, सुनन्दा ताल, बुढीनन्दालगायत नौ ताल छन् । लौरी विनायक, खेतीबेती, बर माग्ने डाँडो, गाईगोठ, धौलीगाड, धनभण्डार, छाप्रे पाटनलगायत मोहक ठाउँ बुढीनन्दामै छन् ।
बुढीनन्दा पुग्दा मन चंगा हुन्छ, घोडाभेंडाका लस्कर र गाईभैंसीका गोठ देखिन्छन् । ‘बर माग्न बुढीनन्दा जानु, रङ हेर्न मालिका हो’ भन्ने उखानै छ । यस क्षेत्रमा रमाइलो र अन्य उद्देश्यभन्दा पनि तपध्यान गर्ने ज्येष्ठ नागरिक र अन्य उमेर समूहका समेत जाने गरेका छन् । यहाँको अर्को महत्वपूर्ण कुरा, त्यति उचाईमा रहेका ताल अन्य ठाउँमा नभएका कारण करिब दुई सयदेखि तीन सयसम्मको उचाईमा रहेका बुढीनन्दा तालबाट धनभण्डार नजिक झार्ने झरना र निरंकारी तालबाट आउने झरनाको उचाई र त्यसको समुन्द्री सतहबाटको उचाई सरकारी निकायबाट प्रमाणित गर्न सक्ने हो भने यसको महत्व झनै चुलिने नागरिक अगुवा धर्मराज पाध्या बताउ“छन् । ताल रहेको ठाउँ जाने बाटोमा ठूल्ठूला झरना, कैयौं प्रजातिका रंगीचंगी फूलले संसारकै सुन्दर बगैंचाको झझल्को दिन्छ । खप्तड राष्ट्रिय निकुञ्ज हुँदै रारा जाने पर्यटकका लागि बीचबाटोमा पर्ने क्षेत्र भएकाले पनि यसको महत्व भविष्यमा बढ्ने देखिन्छ ।
बाटोमा हिँड्दा मृगका बथान, यार्सागुम्बा, कटुकी, हत्ताजरी, बाह्रजरी र जटामसीलगायतका सयौं जडिबुटी भेटिन्छन् । अहिलेसम्म यस क्षेत्रमा जानका लागि छाप्रे पाटनबाट माथि खुट्टामा जुत्ता–चप्पल लगाएर जाने परम्परा छैन । त्यागी र संन्यासी एक चित्त भएर जाने भएका कारण सोचेको ‘बर पाइने’ जनविश्वास छ । देवी थपना गरेको पटामा भेटिने फटशीला दर्शनार्थीले पुजामा जान ढिला गरेमा बिचबाटोमा आउने स्थानीय खडक बोहरा सुनाउँछन् । बुढीनन्दा अवलोकनका लागि साउन–भदौ उपयुक्त महिना मानिन्छ । जनैपूर्णिमामा यहाँ भव्य मेला लाग्छ । कोल्टी गाविसमा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चारदिन पैदल हिँड्नुपर्छ । ‘बुढीनन्दा भगवती’का नामले यस क्षेत्रको नामाकरण भएको किंवदन्ती छ । ताल तथा मन्दिर रहेको ठाउँमा पुग्न बाटोमा दुई दिन बास बास्नुपर्छ, त्यो पनि प्राकृतिक गुफामा ।
चट्टानमा रहेका गुफागुफामा बस्नुपर्ने धार्मिक परम्परा छ । यस क्षेत्रमा कालो बश्र र छालाजन्य सामान प्रयोग गर्न राम्रो नहुने बताइन्छ । बुढीनन्दा पुग्न नेपालगन्ज हुँदै कोल्टीको हवाई यात्रा सहज छ । कोल्टीदेखि अढाई दिनमा पुगिन्छ । बाटोमा गोठाला पर्यटक तथा दर्शनार्थीको भव्य स्वागत सत्कार गर्छन् । केही वर्षबाट जिल्ला प्रहरी कार्यालय बाजुराले सुरक्षा व्यवस्था गर्दै आएको छ । यस वर्षसमेत कोल्टी विमानस्थल सुरक्षा टोली र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीबाट स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय जिल्ला विकास समिति बाजुराले गरेको छ । निमेन्द्र शाही गन्तव्य ल आस्थाको धरोहर सुदूर र मध्यपश्चिको धार्मिक धरोहर बाजुरा जिल्लाको जुकोट गाउँ विकास समितिमा रहेको स्वामीकार्तिक सात ऋषीधाममा साउँनपुनि पर्वको चहलपहल सुरु भएको छ ।
जुम्ला, बाजुरा, कालीकोट, हुम्ला र मुगु जिल्लाको मुख्य धार्मिक स्थलका रूपमा यो धाम परिचित छ । स्कन्द पुराणको महत्वपूर्ण शब्द स्वामीकार्तिकको पुजा आराधना एसियामा फरकफरक तरीकाले गर्ने गरिन्छ । भारत उत्तर प्रदेशको तामीलाडु राज्यमा ‘तामिललाडु रक्षक’का नाममा यसको पुजा गर्ने गरिन्छ । नेपालका विभिन्न जिल्लामा यसलाई ‘देव सैन्यशक्ति’का रूपमा पुजिन्छ भने सिंगापुर, मलेसिया, श्रीलंकालगायत देशमा ‘शक्तिपिठ’का रूपमा पुजिने धार्मिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । बाह्रै महिना पुजा लाग्ने बाजुरा जिल्लाको स्वामीकार्तिक धाममा भदौ दोस्रो साता जनैपूर्णिमाको अघिल्लो दिन चतुर्थीमा लाग्ने मुख्य मेला हो । यस वर्षको पुजा तयारी भएको दुधऋषीका धामी रुपबहादुर शाही जानकारी दिन्छन् । यस क्षेत्रमा सुनन्दा भगवतीको समेत मन्दिर रहेकाले बडीमालिका र बुढीनन्दा भगवतीको पुजा लाग्ने दिनमै मेला लाग्ने गर्दछ । भगवती दर्शन गरे मनले चिताएको बरदान प्राप्त हँने जनविश्वास छ भने स्वामीकार्तिको दर्शन–आराधनाले शत्रु नास हुने र यस धामलाई मुद्दामामिला छानबिनको न्यायीक निकायसमेत मान्ने गरिन्छ । यही विश्वासमा विभिन्न स्थानबाट तीर्थालु पुग्ने गर्छन् ।
सदरमुकाम मार्तडीदेखि तीन दिनको पैदलपछि पुगिने स्वामीकार्तिक धाममा जनैपूर्णिमाको अघिल्लो दिन सुनन्दा भगवतीको चतुर्थीमा र पूर्णिमाको दिन स्वामीकार्तिको मेला विशेष मानिन्छ । ‘देश–विदेशमा रहेका तीर्थालु हरेक वर्ष आउने गर्छन्,’ पुजारी मोहनलाल उपाध्याय भन्छन् । पर्वको सात दिनअघि जुम्लाको स्वार्मीकार्तिक गाउँ विकास समितिबाट औपचारिक रूपमा पूजाआजा गर्नुपर्ने परम्पराअनुसार पूजा टोली स्वामीकार्तिक धाम खुन्कामा आउने गर्छ । बाजुरा बडिमालिका नगरपालिका–९ रजातोलीबाट समेत पूजाटोली तीन दिनअघि प्रस्थान गर्दछ । जुम्लामा सञ्चालन भएको तत्कालीन राजा सुर्ति शाही महाराजको राज्यबाट भाईहरू छुटिएर जुकोट आएकाले वाईमा दरबार र कोल्टीको दानी गौडामा अदालत सञ्चालन गर्दाका समय ‘नैन्याल’ नामक देवता पुज्ने गरेको र पछि स्वामीकार्तिक आउँदा आफूलाई ‘देउता’ मान्न आग्रह गरेपछि राजाका तर्फबाट ‘हामीले मान्ने देवतालाई त्यरो शक्ति देखा’ भन्दा स्वामीकार्तिकले ‘नैन्याल’ भगाएको र हाल नैन्याल गुफा रहेका स्थानबाट भासिएर (हाल कालीकोट जिल्ला धौलागोह कर्णाली नदीबिच मन्दीर रहेको जुकोटका नरजंग शाही बताउ“छन् । सत्ययुगमा भगवान शिव र पार्वती पासा खेलिरहेको समय शिवले पासामा हारेर सबै सुम्पेपछि पार्वतीलाई छोडर एकान्तमा गएका थिए ।
शिवलाई रिझउन पार्वतीले ‘मसँग भएको सबै सम्पति तपाईंको त हो नि’ भन्दा ‘त्यसो भए तिम्रो गंगा मलाई देऊ, प्यास लाग्यो’ भनी पार्वतीले गंगा सुम्पेकी थिइन् । यसपछि शिवले गंगा सेवनपछि भूमि, अग्नी र गंगेदेवीको शक्तियुक्त बालक जन्माएका थिए । त्यो नै स्वामीकार्तिको जन्म भएको धर्मगुरु राजेन्द्र उपाध्यायको कथन छ । ‘खड्क र धनुषधारी स्वामीकार्तिकले देवताहरूलाई आच्छु–आच्छु पारेको तार्काशुर राक्षसको विनाशपछि देवताहरूले उनलाई युद्धभूमिमा सैन्य प्रमुख मानेका थिए,’ उपाध्याय भन्छन्, ‘शिवपुत्र कुमारको अर्को नामका स्वामीकार्तिकको रेखपाल सप्तऋषिका पत्नीहरूले गरेकोले कार्तिक धातृसमेत नामले सम्बोधन गरिन्छ ।’ जुम्लाको स्वामीकार्तिक पहिले जंगल भएको र त्यहाँको जंगल स्वामीकार्तिकको बरदानले खेत र कुलो बनेको हुँदा त्यहा“ फलेको धान, गाई र घोटा प्रत्येक वर्ष ल्याएर स्वामीकार्तिकमा आएर चढाउनुपर्ने परम्परा छ । माओवादी द्वन्द्वका समय रोकिएको जुम्लाको परम्परा फेरि जोडिएको जुम्लाको स्वामीकार्तिकका छक्क शाही सम्झन्छन् ।










