कमेडी क्लबले २६ शृंखला पूरा गरेकोमा मनायो खुसी

काठमाडौं । कमेडी रियालिटी सो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को निर्देशक परिवर्तन भएको छ । यसअघि विशाल भण्डारीले निर्देशन गर्दै आएको यो शृंखलालाई २६ भागबाट बिक्की अग्रवालले निर्देशन गर्ने जानकारी निर्माण पक्षले गराएको छ ।

निर्माण संस्था कि एड्भरटाइजिङले यो सो प्रसारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलनबीच केक काटेर खुसी साटेको छ । सो क्रममा उनीहरूले दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपालमा स्ट्यान्डप कमेडी गर्न निकै चुनौती हुँदाहुँदै पनि आपूmहरूले यसलाई हरेक साता फरक विषयवस्तुमा पस्कन सफल भएको यसमा निर्देशक विशाल भण्डारीले बताए । ‘सुरुवातमा युट्युबमै भ्युज नपाउँदा समस्या भए पनि अहिले हरेक सो १० लाखभन्दा बढीले युट्युबमा यो सोलाई हेर्नुले पनि हामी यो सफल भएको मान्दछौं’ उनले भने ।

हाँस्यकलाकार दीपकराज गिरीले कमेडी क्लब विथ च्याम्पियन्स’का कलाकारहरूको प्रस्तुत लोभलाग्दो भएको बताए । अहिलेका नयाँ पुस्तालाई लक्षित गरिएको यो कार्यक्रमले हाँस्यकलाकारहरूको उचाइ बढाएको उनले जिकिर गरे ।

कमेडी क्लब विथ च्याम्पियन्स’की अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्तासँग काम गर्दा यो सोमा धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । आउँदा दिनमा यो सोलाई केही फरक रूपमा पस्कने पनि उनले जनाइन् ।

कार्यक्रमका निर्माता तथा कि एड्भरटाइजिङका अध्यक्ष रवीन्द्र रिजालले नेपालमा आपूmहरूले स्ट्यान्डअप कमेडीलाई यो कार्यक्रममार्फत स्थापित गर्न सकेको बताए । यसलाई अबको शृंखलामा अझ फरक शैलीमा प्रस्तुत गर्ने योजना रहेको पनि उनले जानकारी गराए । यो सो आउँदो वर्षको असार मसान्तसम्म चल्ने पनि उनले जनाए ।

यो सोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, बिक्की अग्रवाल, मेक्सम गौडेलले आप्mनो प्रस्तुति दिँदै आएका छन् । कि एड्भरटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर यो सो निर्माण गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

दुई हजार नौ सय तीन जना ट्राफिक प्रहरीको कारबाहीमा