निर्भया बलात्कार काण्डका चारै दोषीलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइयो

काठमाडौं । भारतको चर्चित बलात्कार काण्ड निर्भया बलात्कारका चारै जना दोषीलाई आज बिहान मृत्युदण्ड दिइएको छ । दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएकामा अक्षयकुमार सिंह, मुकेश सिंह, विनय शर्मा र पवन गुप्ता छन् । फाँसीमा झुन्ड्याएर उनीहरुलाई मृत्युदण्ड दिइएको हो ।

यो विषयमा सात वर्षसम्म कामुनी लडाइ चलेको थियो । निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छन् ।

१६ डिसेम्बर सन् २०१२ मा दिल्लीमा २३ वर्षीया ती मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कारपछि हत्या गरेका थिए ।

बलात्कारमा संलग्न प्रमुख आरोपी राम सिंहले पक्राउपछि जेलमा आत्महत्या गरेका थिए । एक आरोपी नाबालिग साबित भएपछि सुधारगृह पठाइएकोमा उनी सन् २०१५ मा रिहा भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?