ललितपुर । देशभर दसैंको माहोल चलिरहँदा ललितपुर खोकनामा भने त्यसको कुनै चहलपहल छैन । बरु, त्यहाँका बासिन्दा परम्परागत सिकाली जात्रा मनाउन तल्लीन छन् ।
ललितपुर महानगर–२१ मा पर्ने खोकनामा दसैं नभए पनि सिकाली जात्राकै तामझाम रहेको स्थानीय हिसिला महर्जन बताउँछिन् । घटस्थापनाबाट सुरु जात्रा शुक्रबार पूmलपातीका दिन सकिँदै छ । ‘दसैं नमनाउने गाउँ’ भनेर चिनिने खोकनामा सिकाली देवी खटमा राखेर नगरपरिक्रमा गर्ने चलन छ ।
जात्राको पहिलो दिन कालो रा“गा बलि दिने जात्रा करिब एक साता चल्छ । पहिलो दिन बलि दिएपछि सिकाली चौरमा रहेको देवीलाई चढाउने परम्परा छ । त्यही“ रा“गाको मासु तीन गुठीका करिब ७ सय गुठियारले ‘प्रसाद’का रूपमा बा“डेर खाने चलन छ ।
यो जात्रा मनाउन तगु गुथी र सना गुथीका, विवाह नगरेका कुमार केटाले घरघरमा गई पूजा सामान लिन जाने परम्परा छ । सिकाली जात्रा सुरु भएको सूचना दिन घरघरबाट पूजा सामग्री संकलन गरी मध्याह्नमा सिकाली देवीको पूजा गरिने परम्परा रहेको महानगरपालिका वडा २१ अध्यक्ष रवीन्द्र महर्जन बताउ“छन् ।
जात्राकै अवसरमा खोकनामा सिकाली नाचसमेत देखाइन्छ । घटस्थापनादेखि नै चहलपहल सुरु हुने जात्रामा सिकाली देवी जात्रा मनाउने भएकाले जमरा राखेर दसैं मनाउने चलन छैन । सिकाली नाचमा रदायणी गुठीका ४६ कलाकारले पालैपालो नाच देखाउ“छन् ।
रुद्रायणी, ब्रम्हायणी, कुमार, गणेशलगायत १४ जनाले देवीदेवताको वेशभुषामा र अरूले बाजा बजाउने र गीत गाउने तान्त्रिक विधिबाट कला देखाउ“छन् । ती कलाकारले पूmलपातीकै दिन नाच देखाएपछि देवीको खट भोलिपल्ट मन्दिरमा लगिन्छ ।
खोकनावासीले सिकाली जात्रालाई नै दसैं मानेर आफन्तजन बोलाउने चलन छ । रुद्रायणी देवता मण्डलले खोकनामा तः गुठी, सालाः गुठी, जउँ गुठीसँग मिलेर सिकाली जात्रा निकाल्ने गर्छ । तृतीयादेखि सुरु हुने जात्रा षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १४ र अरू वाद्यवाधकसहित ४६ जना मिलेर खोकना परिक्रमा गरिन्छ ।
स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायत सैन्यगणले विध्वंश गरी देवगणसमेत तितरबितर पारेको धार्मिक कथाका आधारमा गरिने जात्रामा शनिबार बिहानै सिकाली चौरमा मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका थिए । गुभाजु र पा“च थकाली बसेर यज्ञ गरिने परम्परा छ । त्यस अवसरमा तीन गुठीका छुट्टाछुट्टै जीवित देवता महाबुदेय शक्ति चढेर भातको प्रसाद दिने चलन छ ।
अन्तिम दिन जात्रा तयार पारिएकै कथामा आधारित भएर सप्तमीमा क्वँलाछीमा सिकाली नाच देखाउने गरिन्छ । जात्राको मुख्य दिन यही नै दिन हो । खोकनावासी दसैं मनाउँदैनन् । दसैंभन्दा पुरानो संस्कृति भएकाले जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।






