काठमाडौं । यस अघि निरन्तर रुपमा विभिन्न टेलिशृङ्खलाहरु निर्माण गर्दै आएकी कलाकार तथा निर्माता प्रज्ञा जोशीले यतीबेला नयाँ टेलिसिरियल ’सहारा’को निर्माण सुरु गरेकी छिन् ।
यो टेली सृँखलाको यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो टेली सृँखलाको गत साता घटस्थापनाको अवसरमा काठमाडौंमा शुभमूहुर्त गरिएको थियो । दशैं सकिए लगत्तै यसको छायाँकन सुरु गरिएको हो ।
आफुले निर्माण गरिरहेको सहारा पारिवारिक तथा समाजिक कथामा आधारित टेली सँृखला भएको पनि निर्माता जोशीले बताएकी छिन् । उनका अनुसार यो सिरियलले पति गुमाएकी एकल महिला अपाङ्ग भएपछि समाजमा उनले भोग्नु पर्ने मानसिक र शारिरीक पिडालाई प्रस्तुत गरिने भएको छ ।
यो टेली सिरियलको लेखन तथा निर्देशनमा सरोज दाहाल रहेका छन् । यो टेली सिरियलको कलाकारमा निर्मातामा प्रज्ञा जोशीसँगै आजे सिंह, सरोज दाहाल, पुर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहाल लगायत छन् । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन र प्रिया नगरकोटीकको श्रृगांर रहने छ । यसलाई राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिने भएको छ ।






