भारतीय नम्बरका गाडी प्रवेशमा रोक
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कम्तिमा एक सातासम्म भारत नजान नेपाली नागरिकहरूमा आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाईरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तिमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको छ ।
बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको जनाइएको छ । त्यस्तै, बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएमा उपचारका लागि आवश्यक पर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको थियो ।
मुख्यमन्त्री भट्टले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिका अध्यक्ष समेत रहेका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना सम्भावितका लागी उच्च निगरानी कक्ष थप्ने निर्णय भएको बताए ।
प्रदेशका नौ वटै जिल्लामा केहि निगरानी कक्ष भए पनि कैलालीको धनगढी र महेन्द्रनगरमा थप केहि निगरानी कक्ष अर्थात आईसोलेशन वार्ड थप्ने तयारी भएको जानकारी दिए ।
प्रदेश सरकारको आह्वान– कम्तिमा एक सातासम्म भारत नजानुस्
सिमानाकाका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाइ“दै
त्यसै, भारतसंग सिमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई सिमानाका आवातजावतमा कडाई गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारले आवश्यक रकमको व्यवस्था गर्नेे बताए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण फैलिन नदिन तथा फैलिएमा कसरी व्यवस्थापन गर्न भन्ने विषयमा बैठकमा छलफल भएको धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर बहादुर वडले बताए । उनले धनगढी उपमहानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागी संघिय र प्रदेश सरकारसंग समन्वय गरी काम गरिरहेको जानकारी दिए ।
कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले पछिल्लो समय गड्डाचौकी हुदै भारतका विभिन्न शहरबाबाट नेपाल आउने नेपालीको संख्या उच्च रहेको बताए । उनले भारतसंग सिमा जोडिएका नाकामा निगरानी गर्न सकेमात्रै पनि धेरै हदसम्म कोरोना भाइरस नियन्त्रण गर्ने सकिने बताए । उनले कञ्चनपुरमा थप निगरानी कक्ष स्थापनाका लागि पहल गरिरहेको बताए ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
भारतीय नम्बरका गाडी प्रवेशमा रोक
पश्चिम नेपालको मुख्य सिमानाका कञ्चनपुरको गड्डचौकीबाट भारतीय नम्बर प्लेटका गाडीहरू नेपाल प्रवेशमा रोक लगाइएको छ ।
विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरस संक्रमणप्रतिको पूर्व सतर्कताका लागि भारतबाट नेपाल आउने भारतीय सवारी साधन प्रवेश निषेध गरिएको जनाइएको छ ।
भारतका विभिन्न शहरमा रोजगारी गर्ने तथा अन्य कामले गएका सुदूरपश्चिम प्रदेशका नेपालीहरू पछिल्ला केही दिनदेखि दैनिक ठूलो संख्यामा कञ्चनपुरको गड्डाचौकी नाकाहुदै घर फर्किरहेका छन् ।
दिनभरीजसो गड्डाचौकी नाकामा नेपालीको भीड लाग्ने गरेको छ । त्यस्तै, भारतीय नागरिक पनि सो नाका हुदै नेपाल प्रवेश गरिरहेका थिए । सो सिमानाकाबाट भारतीय सवारी साधान आउन रोक लगाइएपछि अहिले भारतीयहरुको आवातजावत निकै कम भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख (प्रहरी नायव उपरीक्षक) नरेन्द्रबहादुर चन्दले बताए ।
प्रहरी नायव उपरीक्षक चन्दले कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतीय सवारी साधन आवागमनमा रोक लगाइएको बताए । रिक्सा, अटोरिक्सा, टा“गा समेत आउन रोक लगाइएको छ ।
भारतबाट स्वेदश फर्किरहेका नेपालीहरूलाई सिमानाकामा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य चेकजा“चपछि मात्रै नेपाल प्रवेशको व्यवस्था मिलाइएको छ । गड्डाचौकी नाकाबाट अहिले दैनिक पांच हजारको हाराहारीमा नेपालीहरू भित्रिने गरेको गड्डाचौकी हेल्थ डेस्कले जनाएको छ ।
हेल्थ डेस्कमा कार्यरत महाकाली अस्पतालका सिनियर अहेव गौरीदत्त जोशीले केहि दिन अघिसम्म पूर्णागिरीको मेलाका कारण भिडभाड हुने गरेकोमा मेला स्थगित गराइएपछि भारतीय नागरिकको संख्या न्यून भएको छ । तर, भारतका विभिन्न शहरबाट स्वेदश फर्किने नेपालीहरूको संख्या बढ्दै गएको छ ।
गड्डाचौकी नाकामा राखिएको हेल्थ डेस्कबाट हालसम्म ३५ हजार दुइ सय ६४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभा हिउदे अधिवेशन अनिश्चितकालका लागि स्थगित
सुदूरपश्चिम प्रदेश सभाको हिउ“दे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लोे निर्णयपछि सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको पा“चौं अधिवेशन (हिउदे) फागुन ११ गते सभामुख अर्जुनबहादुर थापाले ‘अर्को मिति तय नभएसम्मका लागि स्थगित’ भएको घोषणा गरेका थिए । प्रदेश सभामा एजेण्डा नहु“दा बैठक बस्न सकेको थिएन ।






