लन्डन । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो।
पहिलो लेगमा युनाईटेडले ३-० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले १/१गोल गरे। खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए। खेलको ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको जित पक्का गरे।
अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग भिड्नेछ।
तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)






