हाेलीकाे दिन झन्डै २६ सय सवारी चालक माथी कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा हिजो मात्रै २ हजार ५ सय ५६  सवारी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सबारी चलाउने (लिडार गन) १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
 

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

epaper

ताजा समाचार

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार