वन डढेलो जोगाउन जनचेतना

पाल्पा । पाल्पामा गर्मी मौसम बढेसँगै वन डढेलो अत्यन्त जोखिम रहेकाले यसको नियन्त्रणमा विभिन्न प्रयासहरु थालिएको छ । डिभिजन वन कार्यालय पाल्पाले वनमा डढेलोबाट हुने क्षति र रोकथाम गर्न वन डढेलो जनचेतना सप्ताहव्यापी अभियान चलाएको छ ।

दश पालिका ८१ वटा वडाहरु मध्ये २७ वडा वन डढेलोको उच्च जोखिमा रहेका छन् । २९ वटा वडा मध्यम र २५ वटा वडा न्यून जोखिम रहेका छन् । वन डढेलो नियन्त्रणलाई ९ सदस्यीय जिल्लास्तरीय कार्यसम्पादन समितिले वन डढेलो जनचेतना बृद्धि, अग्नी नियन्त्रण उपकरणहरूको बान्दोबस्ती, डढेलो लागेका नियन्त्रण र उद्धारमा जनशक्ति परिचालन, तयारी र समन्वय गर्नेछ ।

श्रीनगर वन क्षेत्रमा डढेलो नियन्त्रण गर्न अग्नी रेखा सरसफाई, वन डढेलो सम्बन्धि चेतनाबृद्धि गर्न तिनाउको कचल र तानसेनमा साँस्कृतिक कार्यक्रम, वन डढेलो सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम, वनक्षेत्र भित्र ज्वलनशील पदार्थको व्यवस्थापन, अग्नी रेखा सरसफाई र मर्मत सम्भार, पत्कर व्यवस्थापनबाट प्राङ्गारिक मल उत्पादन, समुदायिक वन समूह परिचालन, वन डढेलो जोखिम क्षेत्रको नियमित अनुगमन, सन्देशमुलक सूचना प्रशारण जस्ता कार्यक्रम गरिएको छ ।

वनको अग्नीरेखा सरसफाई गरी जलाएमा आगलागीको ठुलो घटना नहुने र मानव बस्तीमा आगो छिर्न नसक्ने भएकाले श्रीनगर वन क्षेत्रमा अग्नीरेखा सरसफाई थालिएको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख नारायणदेव भट्टराई बताए ।

२०७७÷०७८ मा वन डढेलो ७१ स्थान लागेको, एक जनाको मृत्यु भएको र १० भन्दा बढी पशुधनको क्षति भएको थियो । २०७८÷०७९ मा वन डढेलो घटेर ५ स्थानमा सिमित भएको थियो । यस बर्ष अशोज पछि खासै पानी नपरेकाले वन डढेलो घटना बढ्नसक्ने अनुमान अनुसार तयारी गरिएको छ । ८६ वटा सामुदायिक वन डढेलो बढी जोखिममा रहेका छन ।

वन डढेलो ९६ प्रतिशत मानविय लापरवाहीले हुने भएकाले समुदायस्तरमा चेतना बृद्धिसंगै वन डढेलोमा संलग्न व्यक्तिको खोजी गरी कानूनी अनुसारको कारवाही गरिने छ । जसलका लागि सबै प्रहरी चौकीबाट सुरक्षकर्मी परिचालन गरिएको छ ।

वन डढेलोमा सम्लग्न भएको पाइएमा वन ऐन २०७६ अनुसार ६० हजार जरिवाना र ३ बर्ष कैद सजाय हुनेछ । चैत्र महिना भरी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल, सामुदायिक वन उपभोक्ता समुह, स्थानीय सरकार र वडा कार्यालयहरूबाट वन डढेलो नियन्त्रणका गतिविधि गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 479 times, 1 visits today)

epaper

ताजा समाचार

चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही