घरबाटै भिडियो ब्यायाम सिकाउँदै कैटरिना

मुम्बई । कोरोना भाईरसले धेरै मुलुकहरु लक डाउनमा छ । यतीबेला सबै घरमा छन् । भारत सरकारले २१ दिन मुलुक लक डाउन गरेपछि बलिउड कलाकार पनि यतीबेला घरमै छन् ।

बलिउड अभिनेता टाईगर श्रफले घरमा बस्नु परेका कारण आफु मोटाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । टाईगरको यस्तो चिन्ता आईरहँदा बलिउड अभिनेत्री कैटरिना कैफले घर भित्र कसरी व्यायाम गरेर स्वास्थ्य रहने भन्ने भिडियो बनाएर सार्वजनिक गरेकी छिन् ।

उनले ‘वर्क आउट’ शिर्षकमा भिडियो बनाएर सोसियल मिडियाबाट सार्वजनिक गरेकी छिन् । उनले यो भिडियो मार्फत घरमै बसेर कसरी शारीरिक व्यायाम गर्दै शरीरलाई स्वस्थ्य र स्फुर्त बनाउने भन्ने तरिका सिकाएकी छिन् ।
अभिनेत्री कैटरिना जीम र ब्यायामी सौखिन हुन् । सोही कारण उनले घरमै बसेर कसरी ब्यायाम गर्ने भन्ने तरिका भिडियो मार्फत सजिलोसँग सिकाएकी छिन् । यी अभिनेत्रीले प्रस्तुत गरेको फिटनेश भिडियोमा यी नायियाको फिट्नेश प्रशिक्षक पनि प्रस्तुत भएका छन् ।

अझै तीन साता हामी घरमै बस्नु पर्ने भएकाले यस्तो अबस्थामा स्वास्थ्यलाई ठिक राख्नु अपरिहार्य भएको यी नायिकाको कथन छ । यस्तो अबस्थामा आफुले सिकाएको जस्तो ब्यायाम गर्ने हो भने स्वास्थ्य पनि राम्रो हुने, शरीरको प्रतिरक्षा प्रमाणी बलियो हुने पनि यी अभिनेत्रीले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

epaper

ताजा समाचार

भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ