पोखरामा मुख्यमन्त्री र मयेर आफै ‘डिस्इन्फेक्सन स्प्रे’ छर्कन सडकमा


पोखरा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम कम गर्न पोखरा महानगरपालिकाले नगरका भीडभाड हुने स्थानमा डिस्इन्फेक्सन (कीटनाशक औषधि) छर्कन सुरु गरेको छ ।

न्यूरोडस्थित महानगर कार्यालयमा बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले डिस्इन्फेक्सन स्प्रे गरी सो कार्यको सुरुवात गरेका हुन् । पहिलो दिन महानगर कार्यालय सहित चिप्लेढुंगा, महेन्द्रपुल लगायतका व्यापारिक क्षेत्र, एटीएम लगायतमा डिसइन्फेक्सन छर्किएको हो ।

महानगर प्रमुख मानबहादुर जिसीका अनुसार कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन सो अभियान थालिएको हो ।

महानगरले कोरोनाको रोकथाम र न्यूनीकरण गर्न पोखराका सबै ३३ वटै वडा कार्यालयमा समन्वय समिति गठन गरेको छ । जसअनुसार प्रत्येक वडामा वडा अध्यक्ष, वडासचिव र वडाको स्वास्थ्य संस्था प्रमुख रहेको तीन सदस्यीय समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम