२३ वर्षपछि कैदीको पत्र लिएर सनमकुमार

काठमाडौं । नेपाली रंगकर्म छाडेर बेलायत पुगेको २३ वर्षपछि रंगकर्मी सनमकुमार बैराग यतिबेला नेपाल आएका छन् । उनी यसपटक नाटकभन्दा पनि आफ्नो निर्देशनमा चलचित्र ‘कैदीको पत्र’ लिएर नेपाल आएका हुन् ।

यो चलचित्र यही १५ वैशाखबाट नेपालमा रिलिज हुँदै छ । उनले यो चलचित्रको सम्पूर्ण निर्माण बेलायतमै गरेका हुन् । तीन महिनाअघि नै १५ वैशाखमा आफ्नो सिनेमा रिलिजको घोषणा गरेर तयारीमा जुटेका उनी यति बेला त्यत्ति खुसी छैनन् ।

यही मितिमा अन्य दुई चलचित्र ‘प्रसाद २’ र नाई नभन्नु ल ६ रिलिजको घोषणा दुई साता अघि गरेको निर्देशक बैराग दुःखी भएका हुन् ।

यसै प्रसंगमा उनले राजधानीसँग भने, ‘१५ वैशाखमा कुनै पनि नेपाली फिल्म रिलिज नहुने भनेपछि मैले यो मितिमा आफ्नो सिनेमा रिलिजको तयारी गरें । विदेशमा रहेका नेपालीले बनाएको यो फिल्मलाई यहाँ सबैले साथ दिन्छन् भन्ने हाम्रो विश्वास थियो ।’ तर, उल्टै दुईवटा सिनेमा सोही मितिमा जुधाएर आपूmहरूलाई धराशायी पार्न खोजिएको उनले बताए ।

चलचित्र निर्देशन गर्नुको कारण’bout उनले भने, ‘मैले दुई दशकसम्म नेपालमा नाटकमा अभिनय तथा निर्देशक भएर काम गरें बेलायतमा गएपछि पनि त्यहाँ केही नेपाली नाटक निर्देशन र मञ्चन गरे । ईश्वर मानन्धर दाइको कथा कैदीको पत्र निकै राम्रो भएकाले मैले स्कट्यान्डबाटै यो चलचित्र निर्माणसँगै निर्देशन गरेको हुँ ।’

यो चलचित्र नै निर्देशन गर्नुको कारण’bout बैरागले भने, ‘विदेशमा रहेका नेपालीको अवस्था दर्साउन यो कथा निकै सान्दर्भिक थियो । हामी डायस्पोरमा रहेका नेपालीले कसरी काम गरेर देशको निर्माणमा योगदान पु¥याएका छन् भन्ने सन्देश दिन पनि मैले यसलाई निर्देशन गरेको हुँ ।’

चलचित्र प्रसाद–२ र नाई नभन्नु ल–६ मा अहिलेका चर्चित कलाकार छन् । तर, चलचित्र कैदीको पत्रमा सबै नयाँ अनुहार छन् । तथापि, यी निर्देशक आफ्नो सिनेमाप्रति ढुक्क छन्, ‘स्टार कलाकार हैन कलाकारको अभिनयमा म विश्वास गर्छु । मेरा कलाकारले राम्रो काम गरेका छन् र कैदीको पत्रसँग जुधेका सिनेमाभन्दा मेरो फिल्मको कलाकारको अभिनय कत्ति पनि कमी छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज महानगरका मेयर सिंह धरौटीमा रिहा