राजविराज । बाबुको विषालु सर्पले डसेर मृत्यु भएपछि यहाँका ६ नवालक सहित पुरै परिवारको बिच्चली भएको छ । ८ दिन अघि सप्तरीको कञ्चनरुप नगरपालिका ९ रघुनाथपुर बस्ने ३८ बर्षीय मो. बसिरको विषालु सर्पको टोकाईबाट मृत्यु भएपछि उनका ६ नवालक सन्तान सहित पुरै परिवारको बिच्चली भएको हो ।
छोराको आसमा ६ सन्तान जन्माएकी खैरुल सहित परिवारै बने बेसहारा
बसिरको मृत्युपछि ३२ बर्षीया श्रीमती खैरुल खातुन का साथै १५ बर्षीया छोरी आसमा, १३ बर्षीया मरियम, ११ बर्षीया नाजो, ८ बर्षीया इलिना, ६ बर्षीया फतमा र ४ बर्षीय छोरा नसिर सहारा बिहीन बनेका छन् ।
६ सन्तानका बुवा मो. बसिरलाई गत शनिबार राती घरमै सुतिरहेका बेला विषालु सर्पले डसेको थियो ।
अचानक उनी चिच्याएपछि घरका सबै सदस्य जागेका थिए । ओच्छयानबाट सर्प भाग्दै गरेको दृश्य समेत देखेका परिवारजनले छिमेकीहरुबाट सहयोग माग्दै मोटरसाइकलको व्यवस्था गर्दागर्दै आधा घण्टा समय बित्यो । त्यसपछि उनलाई ७ किलोमिटर दुरीमा रहेको कञ्चनपुर अस्पताल पु¥याइएको थियो । तर, अस्पताल पु¥याउनु अघि नै उनको मृत्यू भइसकेको परिवारजनले बताए ।
सुतेकै ठाउँमा विषालु सर्ष करेतले डसेको श्रीमती खैरुलले सुनाईन् । उनले श्रीमान् लाई करेतले पिठ्युमा डसेको र सो ठाउँमा रगत देखिएको भक्कानिदै सुनाईन् । अर्काको घर र खेतबारीमा ज्याला मजदूरी गरेर परिवारको लालन पालन गर्दे आएका एकमात्र सहारा गुमेपछि परिवारलाई जिवन यापन गर्न धौ धौ परेको छ ।
एलानी जग्गामा सानो झुप्रोमा टिनको छानो बनाएर बसी रहेका उनीहरुलाई मागेर खानाको जोहो गर्नुपर्ने बाध्यता आइपरेको सोही वडाका समाजसेवी मो. उमरले बताए ।

एकमात्र सहारा गुमेपछि ६ वटै नवालक सन्तान अहिले विद्यालय जान छोडेका छन् । बसिरका ६ वटै सन्तान टोलकै एक मदर्शामा पढ्दै थिए । सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी खैरुलले छरछिमेकबाट खानेकुरा मागेर अहिले आफू र सन्तानको पेट पालिरहेको सुनाएकी छिन् । ५ वटा छोरी नै जन्मिएपछि छोराको आसमा छैठौं सन्तान जन्माएको बताएकी उनले छैठौं सन्तानका रुपमा छोरा जन्मिएपछि घरमा खुशीयाली जिवन बिताउँदै आएका बेला विषालु सर्पले पुरै परिवारलाई शोकमग्न बनाएको बताईन् ।
उनीहरुको सहयोगका लागि समाजसेवी युवा मो. उमरले पहल थालेका छन् । यसै क्रममा उनकै पहलमा आईतबार विराटनगर स्थित पारस हस्पिटलले करिब तीन महिना सम्म पुग्ने गरी पीडित परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।
अस्पतालका डा. मो. सफिउर रहमानको नेतृत्वमा एक टोली उनको घरमै पुगेर उक्त राहत सामग्री प्रदान गरेका छन् । उक्त अवसरमा टोलीका प्रमुख डा. रहमानले पीडित परिवारका सबै सदस्यलाई विरामी परेका बेला आफ्नो अस्पतालमा ५ बर्ष सम्म निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।
परिवार पाल्न अव आफू पनि अर्काको घर र खेतबारीमा ज्याला मजदुरी गर्ने बताएकी खैरुलले आर्थिक समस्याका कारण ६ जना सन्तान पाल्न र शिक्षा दिक्षा दिलाउन कठिन भएको भन्दै सहयोगका लागि सबैसंग याचना गरेकी छिन् ।
सम्बन्धित समाचार
देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको निधन
‘लभ एन्ड वार’ बाट आलिया र रणवीरको पहिलो झलक सार्वजनिक
लालबकैया नदीमा डुबेकी महिलालाई इन्स्पेक्टर केसीले जोखिम मोलेर बचाए
पाल्पा भालेबासमा जीप दुर्घटना, एक जनाको मृत्यु ५ जना घाइते
फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सरकारी कदमको विरोधमा वीरगन्जका सडक पीडितको प्रदर्शन
नेपाली महिला कबड्डी टिम सेमिफाइनलमा, कम्तीमा कास्य पक्का





