काठमाडौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राई ले पछिल्लो प्रतिनिधि सभा उपनिर्वाचनको परिणामलाई लिएर खण्डन गरेका छन् ।
प्रवक्ता राईले सामाजिक संजाल मार्फत ७५ बर्ष लामो इतिहास बोकेका, राजनीतिक क्रान्तिका बहाक शक्ति (राइटिष्ट र लेफटिष्ट) दलहरु र नेपाली उत्पीडित जनता बीचको टक्करावको परिणाम घण्टीको विजय भएको बताएका छन् ।
आफ्नो दल र एमालेका नेताहरु प्रती संकेत गर्दै आम रुपमा वामपन्थीहरुले मात्र देशको अग्रगती र प्रगति गर्छ भन्ने बुझाइ रहे पनि नेपालका मुख्य कम्युनिस्ट पार्टीहरुका नेताहरु दक्षिणपन्थ अवसरवादले ग्रसित रहेको आरोप लगाएका छन् । त्यस्ता अवसरवादलाई निर्मुल गर्न, हरेक पार्टी भित्रका युवा पुस्ताले प्रगतिशील राजनीतिक-वैचारिक सङ्घर्ष गर्नु पर्ने नभए यस्तै परिणाम आउने बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 457 times, 1 visits today)






