प्रभासले सरकारलाई कोरोनाविरुद्ध दिए ४ करोड

नयाँ दिल्ली । चर्चित फिल्म बाहुबलीका भारतीय अभिनेता प्रभासले आइसोलेट अवस्थाबाटै भारत सरकारलाई कोरोना भाइरसको संक्रमणविरुद्ध सहयोगका लागि ४ करोड भारतीय रुपैयाँ प्रदान गरेका छन् । कलाकारले सरकारलाई दिएको यो ठूलो रकम हो ।

उनले प्रधानमन्त्री सुरक्षा कोषमा ३ करोड रुपैयाँ, तेलंगाना प्रदेशको मुख्यमन्त्री कोषमा ५० लाख र आन्ध्र प्रदेशको मुख्यमन्त्री कोषमा ५० लाख रुपैयाँ प्रदान गरेका छन् । उनले बिहीबार यो रकम प्रदान गरेको बताएका छन् । यो सहयोगका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले यी अभिनेतालाई धन्यवादसमेत दिएका छन् ।

आफ्नो अघिल्लो फिल्म प्रभास २० को सुटिङका लागि जर्जियामा रहेका यी अभिनेता यही फिल्मकी अभिनेत्री पूजा हेगडेसँग भारत फर्किएका छन् । विदेशबाट आएका कारण अभिनेता प्रभास र अभिनेत्री पूजा दुवै जना अहिले सेल्फ क्वारेन्टायनमा छन् । अहिलेसम्म आफ्नो अवस्था ठीक रहेको यी अभिनेताले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ