राहत कोषमा आयल निगमको रु ५० करोड

काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त कोषमा रु आधा अर्ब सहयोग गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएि ।

उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज बिहीबार हस्तान्तरण गरिएको छ । निगमले भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?