नवजात शिशुको घाँटी रेटी हत्या प्रयासको आरोपमा आमा पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

काठमाडौँ । आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी छन् । दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ परेकी हुन् ।

लमही नगरपालिका-७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरीले जानकारी दिए।

तरकारी काट्ने चक्कुले घरपछाडि लगेर छोरीको घाँटी रेटी रहेको अवस्थामा आफन्तले देखेपछि नवजात शिशुको हत्या हुनबाट जोगाएका थिए । १६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै छ ।

शिशुको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

epaper

ताजा समाचार

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र