जंगबहादुरको जन्म १८७४ सालमा गोरखाको बोर्लाङमा भएको थियो । जंगबहादुरको वास्तविक नाम वीरनरसिंह कुँवर थियो । उनी बालनरसिंह कुँवरका छोरा थिए । १९०३ सालमा तत्कालीन राजपरिवारमा भएको आन्तरिक पारिवारिक स्वार्थलाई अवसर ठानी कुटिलपूर्ण चाल चलेर जंगबहादुर प्रधानमन्त्री बने । राजा सुरेन्द्रविक्रम शाहले जंगबहादुरलाई १९०५ सालमा राणाको पदवी प्रदान गरेपछि जंगबहादुर कुँवरबाट राणामा परिणत भए । जंगबहादुर राणालाई राजा सुरेन्द्रले १९१३ मा कास्की र लमजुङको श्री ३ को पदवी प्रदान गरेका थिए । जंगबहादुर पछिका अन्य राणा प्रधानमन्त्रीले पनि श्री ३ को पदवी प्रयोग गर्दै ल्याए । २८ वर्षको उमेरमा नेपालको प्रधानमन्त्री बनेका जंगबहादुर राणाको प्रधानमन्त्री पदको कार्यकाल २९ वर्षको रह्यो । १९३३ सालमा ५९ वर्षको उमेरमा जंगबहादुरको निधन भएको थियो ।
१९०३ सालमा हनुमानढोका दरबारमा भएको कोतपर्वमा आफ्ना विरोधीलाई निर्मूल पारी मुख्तियार तथा कमाण्डर–इन–चिफ बनेका जंगबहादुरले भण्डारखाल पर्वमा राजा सुरेन्द्रकी महारानी पक्षका समर्थक भाइभारदार सबैलाई सरखाप पारी जंगबहादुर प्रधानमन्त्री बने । प्रधानमन्त्री हुनासाथ राजा सुरेन्द्रले जंगबहादुरलाई विशेषाधिकार प्रदान गरे । राजा सुरेन्द्रले जंगबहादुरलाई युद्ध घोषण गर्ने, शान्ति गर्ने, सबै तहका कर्मचारीको नियुक्ति खोसुवा आदि पजनी गर्ने, जंगी, निजामती र अदालती क्षेत्रको सम्पूर्ण आन्तरिक स्थितिमाथि नियन्त्रण गर्ने, मृत्युदण्डलगायत अन्य सबै प्रकारका दण्ड दिने, कानुन बनाउने संशोधन गर्ने तथा खारेज गर्ने एवं भारत, भोट र चीनसँग मैत्रीसम्बन्ध विस्तार गर्ने अख्तियारी प्रदान गरेर जंगबहादुरलाई सर्वशक्तिमान बनाएका थिए ।
शक्तिशाली प्रधानमन्त्री जंगबहादुरले गरेको प्रमुख कार्यमा अंगभंगको सजायमाथिको प्रतिबन्ध, नेपाली समाजलाई तागाधारी मतवाली र पानी नचल्नेगरी तीन भागमा गरेको वर्गीकरण, भारतमा सन् १८५७ मा भएको सिपाही विद्रोहलाई नियन्त्रण गर्न नेपाली फौज पठाइ सहयोग पु¥याएबापत नयाँ मुलुक बाँके, बर्दिया, कैलाली, कञ्चनपुर भारतबाट फिर्ता पाएको उपलब्धिमूलक कार्य थिए । यसैगरी १९०५ सालदेखि नेपालमा कर्मचारीको अभिलेख राख्ने प्रचलनको प्रारम्भ, पहिलो मुलुकी ऐन १९१० जस्तो महत्वपूर्ण कार्य जंगबहादुरकै पालामा भएको थियो । यस्तैगरी, नेपाल तिब्बतबीच थापाथली सन्धि र पर्साको अलौ युद्ध जंगबहादुरको कार्यकालमा भएका प्रमुख ऐतिहासिक घटना हुन् । जंगबहादुरले प्रधानमन्त्रीको पदलाई आफ्नै वंशानुकूल बनाए । प्रधानमन्त्री बन्ने व्यक्तिको रोलक्रम पनि उनले क्रमशः भाइहरू हुँदै छोरा खलकमा सर्ने ‘एग्नेट प्रथा’ नै लागू गरेर पारिवारिक सहानुभूति लिएका थिए ।
मुलुक विधिले चलाउनुपर्छ भन्ने जंगबहादुरको मान्यता अहिलेका सत्तासिन नेताले अनुशरण गर्नसके मात्र पनि विद्यमान विकृति र विसंगति हट्छ
जंगबहादुरको पालामा प्रहरीतर्फ मोरङमा तीन, सप्तरीमा दुई, महोत्तरीमा एक, (चौकी, थाना) स्थापना भएको थियो । यी थानामा लेफ्टिनेन्ट दर्जाको प्रहरी हाकिम रहन्थे । त्यसताका सेना र पुलिसको दर्जा समान हुन्थ्यो । तर, कामकार्यको प्रकृति भने सेना र प्रहरीको भिन्न हुन्थ्यो । थानाको लेफ्टिनेन्टको मातहत हबल्दार, अमलदार, कोटवाल, मुन्सी, नौसिन्दा र सिपाही हुन्थे भन्ने कुरा नेपाल प्रहरीको इतिहासको पेज नम्बर ८८ मा उल्लेख छ । यसले नेपालमा व्यवस्थित प्रहरीको प्रारम्भ जंगबहादुरकै पालामा तराई भेगका जिल्लाबाटै भएको पुष्टि गर्दछ ।
मौखिक आदेश नै कानुनसरहको हुने विशेषाधिकार प्राप्त गरेका जंगबहादुर आफैंमा निरंकुश नभै उदारभावनाका व्यक्ति थिए भन्ने कुरा उनले ल्याएको मुलुकी ऐन १९१० ले प्रमाणित गर्दछ । किनकि, मुलुकी ऐनको अवधारणा नै स्वेच्छाचारितामा होइन राज्य निश्चित विधान अनुरूपै चल्नुपर्छ भन्ने थियो । प्रहरीलाई व्यवस्थित ढंगले परिचालन गराउनुपर्दछ भनेर ऐनमै प्रहरीको कामकर्तव्य’bout निश्चित मापदण्ड तोएिको थियो । १९१० को मुलुकी ऐनको चोरीको महल १ मा ‘कसैको धनमाल हराएमा नजिकको थाना अदालतमा हुलिया सहितको उजुरी दिनुपर्ने’ व्यवस्था थियो ।
पुलिसले कुनै सामान बरामद गरे वा फेला पारे यो कसको सामान हो ? भनी हरेकका घर घरमा पुगी देखाउनुपर्दथ्यो । चोरीको सामान घर घरमा पुगी सनाखत गराउने क्रममा सामान बरामद नभएको अवस्थामा थानामा प्राप्त हराएको सामानकै विवरणअनुसारको हुलिया पनि सबैलाई जानकारी गराउनु पर्दथ्यो । यस्तो हुलियाको सामान हराएको छ पाउनेले नजिकको ठाना चौकीमा दाखिला गर्नु । चोरिएको सामान कसैले नासो, धरौटी राख्न ल्याए पक्राउ गरी दाखेला गराउनु भन्ने उर्दी प्रहरीले गाउँमा गर्नुपर्दथ्यो । जंगबहादुरले गरेको यस्तो व्यवस्थाले सर्वसाधारण नागरिकको सेवालाई राज्यले उच्च महत्व दिएको संकेत गर्दछ । पहिलो मुलुकी ऐनमै यो व्यवस्था गर्ने जंगबहादुर राणा आफैंमा उदारवादी भएको मान्नुपर्छ ।
जंगबहादुरको पालामा पुलिस थानालाई दण्ड सजाय गर्ने केही अर्धन्यायिक अधिकार पनि प्रदान भएको पाइन्छ । जंगबहादुरले १९३२ सालमा प्रचलित कानुन उल्लंघन गर्नेलाई अमिनी र अदालतबाट दण्ड जरिमाना गर्ने व्यवस्था भए अतिरिक्त राज्यका सामान्य प्रकृतिका नीतिनियम उल्लंघन गर्नेलाई उचित दण्ड सजाय दिन सक्ने अधिकार पुलिस थानालाई नै दिएका थिए । जनकपुरको जानकी मन्दिर परिसरमा रहेको पोखरीको जिर्णोद्वारपछि जंगबहादुरले जारी गरेको काष्टपत्रमा उल्लेखित बेहोरालाई यसको दृष्टान्तको रूपमा लिन सकिन्छ । त्यो काष्टपत्रको बेहोरा पुरातत्व विभागमा रहेको ‘पुरातत्वपत्र संग्रह तेस्रो भाग, कित्ता नम्बर ७३४ को पेज नम्बर ४८ मा उतारिएको छ । जसमा भनिएको छ, ‘यस जनकपुरधामका अन्तरगृहीभित्रका तलाउ पोखरी वरिपरि बगैंचामा कसैले माछा नमार्नु (अन्र्तमा)औ चिडिया नमार्नु । कसैले अन्र्तगृहीभित्र मा¥यो भन्या जो मारेको जसले देख्छ त्यसले सो मारेको जनावर, चिडाइ र मान्या समेत पक्री अदालत थानामा लगी फि माछाको २ ।। मोहर, फि चिडईको २ ।। मोहरका दरले दण्ड गर्नु’ यो व्यवस्थाका आधारमा प्रहरीले नै जरिमाना असुली राज्यकोषमा दाखिला गराउन सक्थ्यो । प्रहरीलाई विशेषाधिकार प्रदान गरेको यो दृष्टान्त हो ।
जंगबहादुरको पालामा संवदनशील घटना हुँदा पुलिस थानामा कार्यरत मेजर÷कप्तानले अहिलेको आपराधिक घटनाको अनुसन्धान गरे झैं तत्कालै अनुसन्धान एवं छानबिन गर्दथ्यो । यसको दृष्टान्त हेरौं । मिति उल्लेख नभए पनि करिब १९१०÷१५ तिर मेजर कप्तान विश्वनाथ उपाध्यायले श्री ५ सुरेन्द्रलाई लेखेको एक अर्जिपत्रमा यस्तो बेहोरा उल्लेख गरेका थिए । ‘जिल्ले महोत्तरी प्रगंना महोरतरी मौजे विसनपुरमा पानीलिन जान्या स्वास्नी मानिसलाई राँगाले कोखामा हानी मा¥याको षवर गोडायतले ल्याउँदा कचहरीबाट मानिस पठाई बुझ्दा राँगाले मा¥याको तहकित् ठह¥यो’ यो अर्जिपत्र राष्ट्रिय अभिलेखालयको साहकालीन ऐतिहासिक चिठीपत्र संग्रह भाग–२ को पेज नम्बर ८७ मा रहेको छ । यसले ज्यानसम्बन्धी घटनाको अनुसन्धान वा तहकिकात गर्ने परिपाटी जंगबहादुर राणाकै पालाबाट भएको बताउँछ ।
जंगबहादुरको पालामा अहिलेको ६÷७ वटा जिल्लासम्मकै क्षेत्रफलभित्र पर्ने इलाका एउटै थानाले हेर्नुपर्दथ्यो । थानामा पनि थानेदार एक्लै रहन्थ्यो । यस’bout १९२१ सालको एक दृष्टान्त हेरौं । यो दृष्टान्त मोरङका रयतले आफ्नो सीमा भारतले मिचेको छ, रेखदेख गर्ने थानेदार ३ वर्षसम्म आफ्नो क्षेत्रमा आई नपुगेको गुनासो गर्दै राजालाई पठाएको बिन्तीपत्रउपर जाँचबुझ गर्न केन्द्रबाट खटिएको अधिकारीले बुझी जाहेर गरेको बेहोरामा आधारित छ । राजधानीबाट खटिएको जगत्शमशेर कुँवरले हालको चितवनदेखि तत्कालको मोरङ (हालको सुनसरी, मोरङ र झापा) सम्मको एरिया हेर्ने पर्साको पकौरिया (हालको पोखरिया) स्थित थानेदार काजी रत्नमानसिंह भण्डारी तीन वर्षसम्म मोरङमा नपुगेको कारण’bout साल छानबिन गरी मोरङको बैरुङखोला (हाल झापाको विरिङ)मा बासबसी आफूले बुझेको सम्पूर्ण वृतान्त समेटेका छन् । जगत्शमशेर कुँवरले अंग्रेजले हाम्रो जिल्ला मिच्यो भन्ने’bout आफूले बुझेको बेहोरासहितको यस्तो प्रतिवेदन १९२१ साल पुस सुदी १३ रोज ३ मा दिएका छन् ।
जसमा भनिएको छ, ‘बिन्तीपत्र उप्रान्त अमिनीका कामलाई ७ जिल्लाको सरदार रत्नमानसिंह राजभण्डारी एक्लैले मात्र गर्नुपर्दा र अरू पनि परिआयाको काज काम पर्दा सबै जिल्लामा आफू पुगी जाँचबुझ हुन सक्दो रहेनछ । मोरङ जिल्लामा पनि २÷३ ठाउँ सिमानाको लट्ठा बिग्री अंग्रेजतर्फबाट हाम्रा जिल्ला मिचियाको छ भनी रयतहरू कराउन आएका छन् । सर्दार रत्नमानसिंह राजभण्डारी ञाहाँ मोरङमा नआएको ३÷४ वर्ष भयो भन्या कुरा यहाँका मानिसले मसँग बिन्ती पनि ग¥या । मैले पनि बुझी हेर्दा सिबाना मिचियाको साँचो ठह¥यो । मेरा चित्तले पनि तजबिज गर्दा सीवानाको र पुलिस ठानाको १ जनाले मात्र काम भियाउन्या छैन भन्या ठह¥याई ३ भाग गरिदियाँ । सीवाना पुलिस ठानाको काम बेसगरी होला । मोरङ सप्तरी एक जनालाई, महुत्तरी सर्लाही एक जनालाई, रौतहत, वारा, पर्सा र चितवन यति सरदार रत्नमान सिंहलाई गरिबक्स्याँ । यसो गर्दा सीवाना बिग्राको पनि सचिन्या, ठाना, पुलिसको काम पनि चल्न्या हुन्छ । सरदार रत्नमानसिंह राजभण्डारीले काम नग¥याको भने रहेनछ । धेरै काम हुँदा भोयाउन नसकेको रहेछ ।’
यो जाहेरी प्रतिवेदनको बेहोरा राष्ट्रिय अभिलेखालयस्थित शाहकालीन ऐतिहासिक चिठीपत्र संग्रह भाग २ को पाना नम्बर ६८, ६९ मा उल्लेख छ । जनगुनासो’boutमा जाँच पडताल गर्न खटिएको जगत्शमशेर कुँवर कति शक्तिशाली थिए र उनले स्थलगत अवलोकन पछि गरेको स्वविवेकीय निर्णय कति गहन थियो भन्ने कुरा उनकै जाहेरीले प्रमाणित गर्दछ । यो जंगबहादुरको प्रशासनिक कार्य सञ्चालन प्रक्रियाका नमुना पनि हो ।
जंगबहादुर प्रहरीलाई कानुनीरूपमै मजबुद बनाउन चाहन्थे भन्ने कुरा उल्लेखित दृष्टान्तले पुष्टि गर्दछ । गैरकानुनी कार्य गर्नेलाई राज्यले छुट दिनुहुँदैन भन्ने मान्यता जंगबहादुरको देखिन्छ । प्रहरीउपरको जंगबहादुरको उदार दृष्टिकोण अहिलेका सत्तासञ्चालकका निम्ति अनुकरणीय छ । कानुन उल्लंघन गर्नेलाई सर्वसाधारणले पक्राउ गरी दाखेला गराउन सक्ने जंगबहादुरको व्यवस्था मुलुक विधिले चलाउनुपर्छ भन्ने मान्यताको आदर्श नमुना भएकाले अहिलेका सत्तासिन नेताले यसैको अनुशरण गर्दै अगाडि बढ्ने हो भने निश्चय नै विकृति र विसंगतिको अन्त्य हुने छ ।






