भोजपुरका ३ युवाको कोरोना रिपोर्ट नेगेटिभ

भोजपुर । कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नूमना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । उनी क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यस्तै भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ । दुवैजना षडानन्द नगरपालिकाले दिंलास्थित हस्पिटलको भवनमा निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका छन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुको स्वाव परीक्षणका लागि गत १९ गते बुधबार धरान पठाइएको थियो ।

यस्तै अरुण गाउँपालिकाका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ । कतारबाट आएका ती युवा होम क्वारेन्टाइनमा बस्दै आएकोमा ज्वरो बढेपछि थप उपचारका लागि भन्दै गत १५ गते धरान लगिएको थियो । उनको पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ