दुर्गा प्रसाईंका समर्थकको भीडमा मधेश आन्दोलनमा उभार ल्याउने गुप्ता

वीरगन्ज । मधेश आन्दोलनमा जन–जनमा आन्दोलनको उभार ल्याउने मधेशी जन अधिकार फोरमका तत्कालिन बरिष्ठ नेता भाग्यनाथ गुप्ता हिजो सोमबार दुर्गा प्रसाईंको समर्थकका भिडमा सहभागी भएका छन् । जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडीको रातोवंगला परिषरबाट प्रसाईंका समर्थकले सोमबार निकालेको वृहत -यालीमा उनी पनि सहभागी भएका हुन् ।

२०७२ मा जारी नेपालको संघीय लोकतान्त्रिक संविधानमा मधेशका अधिकार कुण्ठित गरिएको भन्दै संविधान जलाएका र धेरै पटक संविधान दिवसमा कालो दिवस मनाएका गुप्ता सोमबार एकाएक दुर्गा प्रसाईंका समर्थकका भिडमा देखिए । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउँ महाअभियान नेपालले प्रसाईंको फोटो सहितको व्यानर लिएर यहाँ बिरोध ¥याली निकालेको छ । ¥यालीमा सहभागीले दुर्गा प्रसाईं जिन्दावाद, जस्ता समर्थनका र सरकारका विरुद्ध भने कडा नारा लगाए ।

बैंक तथा वित्तीय संस्थाहरुको दबाब तथा उद्योगी व्यवसायीमा परेको प्रभावका विरुद्वमा बिरोध -याली निकालेको सहभागीहरुको भनाइ छ । -यालीले वीरगन्जको घण्टाघर, माईस्थान चोक हुँदै नगरपरिक्रमा पछि घण्टाघर चोकमा आएर कोण सभा गरेको छ । कोण सभालाई मधेश आन्दोलनका अगुवा मध्येका भाग्यनाथ गुप्ता लगायतले सम्बोधन गरे ।

सम्बोधनका क्रममा देशमा राम्रो काम गर्नेभन्दा भ्रष्ट र जनतामारा नेता र दलको बिकल्प जनताले चाहेको जनाइएको छ । जनहित र राष्ट्र हितमा काम कसैले नगरेकोले प्रसाईंको विकल्प खोजिएको सहभागीहरुले संकेत गरे । प्रसाईंको समर्थनमा पर्सा, बाराका विभिन्न ठाउँबाट सर्वसाधारण र महिलाहरुको ठूलो सभागीता भएको छ ।

गरिबका लागि बोलिदिने नेता र पार्टी कोही नभएपछि आफूहरु प्रसाईंले सुरु गरेको महाअभियानमा सहभागी भएको बाराबाट आएमा महिलाहरुले बताए । बाराको गञ्जभवानीपुरबाट आएका महिलाहरुले नेता जनतालाई लुटेर बसेकोले गरिबको पक्षमा बोलिदिने संस्थाको कार्यक्रममा सहभागी भएको जनाएका छन् । मिटरव्याजीभन्दा बैंक र सहकारीले सेवाग्राहीलाई ठग्दा पनि नेपाल सरकार चुँ नबोलेकोमा भने उनीहरुको आपत्ती छ ।

गरिब तथा विपन्न सेवाग्राहीेले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज मिनाहा गरिनु पर्ने उनीहरुको माग छ । यसको अलावा मुलुक आर्थिक रुपमा टाट पल्टिसकेकोले यसको संरक्षणमा जिम्मेवार नेपाली एक हुनु पर्ने पनि उनीहरुले औल्याए । बर्तमान सरकार र यो व्यवस्था रहेसम्म नेपालीको हित नहुने कोणसभामा बोल्ने अधिकांश बक्ताले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

शङ्कास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय संसदमा उठ्यो