दीपिका र रणवीर पनि उत्रिए सहयोगमा

मुम्बई । बलिउडमा यतिबेला स्टार कलाकारहरू मन खोलेर सरकारलाई कोरोनाविरुद्धको संक्रमणमा आर्थिक सहयोग गरिरहेका छन् । आर्थिक सहयोगसँगै सलमान खान, शाहरुख खानजस्ता अभिनेताले मानवीय कार्य पनि गरिरहेका छन् ।

यसैक्रममा होम क्वारेन्टाइनबाटै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेका छन् । अभिनेत्री दीपिकाले आफूले पनि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेको ट्वीटमार्फत उल्लेख गरेकी छन् । केही नायिकाले सहयोगको क्रममा रकम नखुलाएपछि सोही तरिका अपनाउँदै दीपिका र रणवीर दम्पतीले कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् ।

कति रकम प्रदान गरियो भनेर आर्थिक रूपमा खुलाउन आवश्यक नभएको अभिनेत्री दीपिकाको कथन छ । यो बेला कोरोना संक्रमणविरुद्ध लड्न भारतमा एकता र सहयोगको आवश्यकता छ भन्दै दीपिकाले सकेको सहयोग गरिबहरूका लागि गर्न आह्वान गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह