इनरुवाबाट झन्डै २ करोड नक्कली नेपाली नोट बरामद

इटहरी । सुनसरीको इनरुवाबाट प्रहरीले भारतीय स्कारपियो गाडीमा ल्याउदै गरेको १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ । भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीले जानकारी दिए।

ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरेको हो। चेकजाँचका क्रममा गाडीको पछाडि भागमा लुकाइराखेको अवस्थामा नोट फेला परेको प्रहरी उपरिक्षक रेग्मीले बताए।

प्रहरीले भारत वीरपुरका २२ वर्षीय गाडी चालक मोहम्मद सैदयलाई समेत पक्राउ गरेको छ । गाडीमा सवार अर्का एक ब्यक्ति भने फरार भएका छन् । नक्कली नोटहरु झोलामा राखेर, बोराभित्र कोचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। फरार ब्यक्तिको प्रहरीले खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल