राजविराज । बजार अनुगमणका क्रममा जफत गरिएका रंगरोगन समाग्री हिजो विहीवार नष्ट गरिएको छ । संयुक्त बजार अनुगमण टोलीले केही दिन यता दैनिकरुपमा थालेको अनुगमणका क्रममा स्थानीय पसलहरुबाट बरामद गरिएका म्याद गुज्रेका रंगरोगन लगायतका समाग्री स्थानीयको रोहबरमा नष्ट गरेको हो ।
विगतमा होटल र किराना पसलमा बढी अनुगमन हुने गरेकोमा पहिलो पल्ट हार्डवेयर पसलमा समेत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा एचजी इन्टरप्राईजेजबाट १४ लिटर यति पेन्टसका रंग समाग्री तथा पुर्वे. टे«डर्सबाट रंगरोगन कार्यमा प्रयोग गरिने ३ लिटर इनामेल म्याद गुज्रेको बरामद भएकाले सो जफत गरी नष्ट गरिएको संयुक्त बजार अनुगमन टोलीले जनाएको छ ।
टोलीमा खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यालयका प्रमुख विक्रम लिम्बु, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधी सुशिल कर्ण, घरेलु तथा साना उधोग कार्यालयका कमल नारायण साह, राष्ट्रिय उपभोक्ता मञ्चका राज कुमार गुप्ता र पत्रकार सहभागी रहेको जनाइएको छ ।







