जन्मदिनको अबसरमा १३ सय बिरुवा रोपियो

रौतहट । रौतहटबाट सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत बुधबार १३ सय भन्दा बढी बिरुवा रोपिएको छ । तराई बिकास तथा सन्चारकेन्द्र नेपालको आयोजनामा रौतहटको सिन्दुरेघारी चादी खोला छेउमा १३ सय भन्दा बढी बिभिन्न प्रजातीको बिरुवा रोपिएको हो ।

बृक्षारोपणको सुरुवात रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका थिए । पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने कार्य आज बाट प्रारम्भ भएको छ । बृक्षारोपण शुरुवात गदै प्रजिअ रेग्मीले यस्तो पबित्र कार्यमा सबै जोडिन आग्रह गरेका छन । जन्मदिनको अवसरमा अनावश्यक खर्च रोकेर यस्तो पबित्र कार्यमा सबै लाग्नुपर्ने प्रजिअ रेग्मीको धारणा थियो ।

यसैगरी नेपाली सेना रौतहट का प्रमुख सेनानी गङ्गाबहादुर बिष्टले पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने कार्य आज बाट प्रारम्भ भएको बताए । समाजिक कार्यमा सक्रियता पुर्वक सहभागिता जनाउदै आएको नेपाली सेनाले बृक्षारोपण कार्यलाइ पनि उतिकै महत्वका साथ काम गदैआएको प्रमुख सेनानी बिष्टको भनाइ रहेको थियो ।

तराई बिकास तथा सन्चारकेन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे, डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्मा,जन जागृती बहुमुखी क्याम्पसका अध्यक्ष सुर्य थापा, जनजागृती माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द दुलाल,जनजागृती माबिका प्राचार्य शत्रुधन साह, नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति कृष्ण अधिकारी,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा लगायतको उपस्थीती रहेको थियो ।

यसैगरी जीवन बिज्ञान चन्द्रनिगाहपुरका शैलेश उपाध्याय,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सशस्त्र प्रहरी सन्तपुर बेस क्याम्पकाका प्रमुख, जिल्ला भु संरक्षण कार्यालयका प्रमुख,लाइन्स क्लबका प्रतिनिधि,पन्च आधारभुत बिद्यालय प्रधानाध्यापक शिक्षकहरु,सुर्योदय एकेडेमी प्रेम तुल्सी एकेडेमी बिद्यालयका शिक्षक बिद्यार्थी , सिन्दुरेघारी टोल बिकास सस्था ,मुलघर कृषि सहकारी सस्थाका पदाधिकारी ,जिल्ला स्थित सन्चारकर्मी, स्थानीय समाजसेवि सर्वसाधारणले बृक्षारोपण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान