उन्नत देशमा लोकतन्त्रले आम जनतालाई आश्रय दिन्छ, यहाँ त्यसको ठीक उल्टो भएको छ । लोकतन्त्रको जननी भएको देशका प्रधानमन्त्रीले जागिर छोडेपछि डिपार्टमेल्टल स्टोरबाट सामान ढुवानी कार्यमा अर्को जागिर खान थालेका छन् । संघियताको अब्बल देश अमेरिकामा २ कार्यकाल राष्टृपति पदबाट बिदाइ भएका ओबामा सन्तान पढाउन जागिर खान्छन्, डेनमार्ककी प्रधानमन्त्री कार्यालय जाउआउ गर्न साइकिल प्रयोग गर्छिन्, यो अचम्मको कुरो भएको छैन र हाम्रो देशमा लोकतन्त्रले के के गरिराखेको छ सबैलाई जानकारी छ र अचम्म पनि ।
हाम्रो लोकतन्त्रले देशमा उद्योग राखेन, व्यवसाय राखेन, रोजगारी दिएन, धर्म, संस्कृति पनि राखेन र मान्छे पनि राखेन, जो यहाँ रहे अधिकाँशतः दलका खेतालाहरु रहे र तिनैले आपैmँले बनाएको संविधान गिजोल्दै धारा ७६,२ भन्दै मिलिजुली सत्ता बाँडफाँड गरिरहेका छन् । ७६, २ बाट बन्न नसकेपछि स्वतः अर्को धारामा जानु पर्ने संधिानविद्हरुको समेत राय रहेको छ । यी दुई श्रीहरु ५० सालतिर फर्कन्छन् भने यत्रा मान्छे किन मारेको, खर्बौँ खर्बको पूर्वाधार किन नष्ट गरेको ? पाल्न नसक्ने गणतन्त्र र संघियता किन ल्याएको ? धर्म निरपेक्ष गरेर देशलाई विदेशीको परेडस्थल किन बनाएको ? सरकार नयाँ भिनएको छ तर देउबा ओलीको सरकार लोकतन्त्र आउनासाथको सरकार हो, नयाँ होइन पुरानै हो ।
देशले धर्म, संस्कृतिको संरक्षण चाहेको छ, जुनकुरा विदेशीहरु लाई खासै मन पर्दैन र पछिल्लो समय १६ अर्ब विदेशी ऋणबाट तयार भएको नेस्नल भनिएको आइ डि कार्ड त्यसै थन्किएर रहँदा पछिल्लो समय सबैतिर यसको प्रयोग अनिवार्य गराइएको छ, यो सहजै बन्दैन, पैसा तिर्नु पनि पर्छ, सरकारी कार्यालयभित्रै विचौलिया राखिएको छ र यसको पेमेन्ड आइ डि बनाउन जानेले तिर्नु परेको छ, सरकारी मेसिनले उसको भूक्तानी किन गर्दैन ? यो कार्ड देशमा बन्ने होइन र फ्रेन्च कम्पनीले यु एस भारततिर बनाउने हो र यहाँका सबैको सूचना विदेशीले लिन खोजेका छन् ।
वृद्ध भत्तामा यो लागु हुनु भएन भनेर सबैतिरबाट आबाज आउँदा गृह मन्त्रालयले बाढी पहिरो बसाइसराइ यावत् समस्या समेतलाई ध्यानमा राखी हाललाई यसमा यो आइ डि कार्ड नचाहिने भनेर सबै स्थानीय तह हरुलाई परिपत्र जारी गर्यो तर स्थानीय तहमा जाँदा केहीबेर यो सूचना राखियो, पछि झिकियो र उतैबाट बनेको सप्mटवेयर वृत्तभत्ता नबीकरण गर्न यो आइ डि नभई कम्पुटरले लिँदैन भनेर त्यसको पोर्टल नै देखाइयो र भत्ताको कार्ड नबीकरण हुन सकेको छैन । अर्को कुरो यो कार्ड बनाउँदा टिका, सिन्दुर, पोते, चुरा, गरगहना, पोशाक संस्कृति सबै निकाल्न लगाइन्छ । संस्कृति, धर्म, आप्mनो रीति रिवबाजलाई संरक्षण गर्ने भन्ने कानुन भनौँ संविधान बनेको भनिन्छ ।
पेन्सन होल्डरहरु जो सामाजिक सुरक्षा अन्तर्गत बसेका छन् वृद्ध छन् यो नेश्नल भनिएको कार्ड बसाइसराइ देखि अनकौँ झन्झट ब्यहोर्न सक्दैनन् तिनलाई पनि अनिवार्य गरिएको छ र नत्र पेन्सन रोक्ने भनिएको छ । बास्तवमा संविधानले यो कार्डलाई चिनेको छैन, राहदानी कानुनमा पनि नागरिकता वा नेस्नल कार्ड भनिएको छ अनिवार्य भनेको छैन तर राहदानी बनाउनु पूर्व यसलाई अनिवार्य गरिएको छ । स्वदेशमा उपचार सँभव नभए तुरुन्तै विदेश जान सकिने र पासपोर्ट नबन्ने अबस्थाले देशभित्रै मृत्युवरण गर्नु पर्ने अबस्था पनि यो लोकतन्त्रले सृजना गरेको छ ।
देशमा अनिष्टहरु धेरै देखिएका छन् । पशुपति कैलाशमा कोटिहोम भन्दै कैलाशमा खाल्डो खनेकै दिन प्रचण्ड सरकार ढलेको हो । ओली देउबा गठबन्धन भइरहँदा कहिल्यै पैरो नजाने त्रिशूलीमा २ बस खसेको बेखबर रह्यो, मृत लाश पनि धेरै टाढा अन्त कतै भेटिँदैछ र चुमबक समेत भूभिगत भउको छ । सर्बकल्याणका लागि भनी शुरु भएको पशुपति कोटिहोमले एक साता नबिताउँदै पशुपति गुठीलाई नै नागरिक उड्यन प्राधीकरणले तिरो तिर्ने गरेको पशुपतिको जग्गामा विमान खसेको छ, जलेको छ, डेढ दर्जनले ज्यान गुमाएका पनि छन्, देशैभरिको बाढ् पहिरो त नियमित विपत्ति नै भइहाल्यो ।
लगानी नहुँदा उद्यम र रोजगारी छैन, रोजगारी नहुँदा आय आर्जन र क्रय शक्ति छैन
एक व्यक्तिको मृत्युमा काठमाडौँ उपत्यकाका सबै स्थानीय तहको सेवा ठप्प भएको छ, पैसा नदिएर सेवा लिने कुनै सरकारी संयन्त्र छैनन् । समग्रमा लोकतन्त्रले जनताको रक्षा गर्न सकेको छैन र धर्म कर्ममा समेत विचौलिया, व्यापारी मात्रै रक्षित छन्, अर्बोँ अर्बको विजुली विल भूक्तानी नभएको अबस्था छ । अभिभावक भनिएकाहरु सत्ता स्वादमा रमाएका छन्, प्रदेशहरु सत्ता जोडघटाउमै व्यस्त छन् जहिले पनि । अदालतमा मुद्दाको ओइरो छ । पश्चिमा हमाल, बीचमा बालेन पूर्वतिर हर्कलाई जनताले स्याम्पलका लागि पठाएका छन् तर सिँहदरबारको लोकतन्त्रले बालेनसंग सिँगौरी खेल्दैछ । यहाँ कुनै कुरामा पुस्तान्तरण छैन र धर्मक्षेत्रमा पुस्तान्तरण देखिन थाल्यो भनेर खुशी भएको नेपाली चेली भन्दै विदशी दर्जर्नौँ सुरक्षाकर्र्मी राखेर बायोग्राफी सुनाएको देखियो ।
साइकल रैली, ट्याक्सी रैली, ठेला गाढा रैली के के रैली निकाल्दै धर्मलाई प्रदर्शनमा राखियो । आयोजकहरुले धर्मलाई नबुझेको र गैरधर्मीहरु पनि मन्चमा प्रमुख अतिथि भएर बसेको भन्दै चारैतिरबाट टिका टिप्पणी भइरहेको छ । पशुपतिमा यस्तो कार्य भएकै बेलादेखि देश खासगरी काठमाडौँमै अनिष्ठहरु देखिनु र भीमसेनलाई पसिन आइरहनुमा कतै संयोग मात्रै नहुन सक्छ र थप अनिष्टबाट जोगिन सबैले सक्ने कार्य गर्नु पर्ने देखिन्छ, कैलाशमा पितृका नाममा बत्ती बाल्न नदिने विकास कोषले मोटो रकम लिएर अहिले व्यापार गरेको भनिदैछ ।
साँढे पाँच दर्जनको एक चिहान हुँदा त्रिशूलीमा पर्नेहरुका लागि नझुक्ने लोकतन्त्रको झण्डा बालुवाटार र सिँहदरबार नजिकै भएको र धनी व्यक्तिहरु मरेका नाममा झुकेको छ, यसरी एकै प्रकृतिका मानिसको फरक व्यवहार र अबमूल्यन गर्ने लोकतन्त्रले समाजबादको नारा पनि लिएको छ र सुशासनको पनि । नेश्नल भनिएको कार्ड भर्न अनलाइन फाराम भर्न वडा कार्यालयले बाहिरको विचौलिया राखेको र स्वयंले पनि त्यहाँ बिल नदिनेगरी, तर पैसा नबुझाई फाराम नै भरिएन । पाँच हजार घूस खुवाएर समकक्षको प्रमाणपत्र लिन विचौलियालाई घूस खुवाएको प्रसंग त स्वयं संसदमै बोलिएको कुरो हो ।
लोकतन्त्रले खुल्ला यस्तो विकृत समाज र राज्यको परिकल्पना गरेको देश सायद यो मात्रै होला । देश गलेको छ थप, नेपालीको शिर ढलेको छ अर्कोपल्ट, राष्टिृय झण्डा झुक्नु भनेको शिर निहुरनु नै हो । सिमाना नाम मात्रको छ, पानी जहाज सडकमा चढ्न थालेका छन्, सडक भत्किने र पहिरो जाने कथा व्यापक वृद्धि भएको छ, विकासे डोजरहरुले कुना कन्दरा फोरिसकेका छन्, उब्जनी हुने भूमि वडा अध्यक्षहरुको डोजरको शिकार बनेका छन् । राष्टृ बँैक भन्छ, सात आठ प्रतिशतभन्दा बढी मुद्रास्फीति छैन तर एक साल अघि रु७० मा पाउने केराउ रु १८० छ बजारमा । गहूँ, आटा, सूजी, दाल गोडागुडी, तेल लगायतका सामानको मूल्य तीब्र वृद्धि छ र सामान्य मानिसले भान्छा चलाउन नसक्ने स्थिति छ र आय आर्जनका ढोका सबै बन्द छन् । सर्वसाधारणको एक महिना नतिरे विजुलीको लाइन काटिन्छ तर अर्बौ अर्ब नतिर्नेहरुको लाइन नाटकीय रुपमा काटिन्छ र ऊर्दी आएपछि काम्दै जोडिन्छ ।
वृद्धले यो ‘नेश्नल’ भनिएको कार्ड बसाइसराइ देखि अनकौँ झन्झटका कारण ब्यहोर्न सक्दैनन्
एन सेल देखि बक्यौता धनीका रकम उठाउन लोकतन्त्रले सक्दैन कारण बूढाहरुको चौरासी पूजा आउँदैछ, नयाँ लाई छिर्के दाउ हानेर पुरानो राजनीतिले एकलौटी मोनोपोली गरिरहेको छ । संविधानको धाराको पनि पर्बाह गरेको छैन । मुखमै कानुन छ आबश्यक पर्नासाथ संशोधन हुन्छ र गिरिबन्धुहरु एकाएक आप्mनै बन्धु भइदिन्छन् । यति, ओम्नी, ललिता, बालमन्दिर बाँसबारी लगायतका सबै कर्मकाण्डहरुलाई मिलाउनु नै लोकतन्त्रको धर्म भएको छ, भूटानी नक्कली शरणार्थीलाई पनि सक्कली बनाउनु परेको छ ।
जनता भने खाडीतिर धकेलिने, सके उतै सेटल हुने, सेटल हुन नसके बाकसबाटै भए पनि आर्यघाट तिर सेटल हुने प्रणाली चलि रहेको छ लामो समयदेखि । भान्छामा भ्याट लाउने लोकतन्त्रले प्रसूती गृहदेखि आर्यघाट सम्म कर लगाउँछ । लोकतन्त्रका संयन्त्रहरु यति धेरै, महँगा र खर्चिला छन् जनताले तिरेको सय्यौँ थरि करले पुग्दैन र विदेशीसंग सहायता, चन्दा, ऋण लिनु परेको छ र नजन्मदै एक नेपालीको टाउकोमा ८४ हजार ऋण परिसकेको छ ।
उत्पादन सुको नगर्ने हुँदा व्यापारघाटा तीब्र बढेको छ, बैँकमा व्याज घटेको छ, लगानी बढेको छैन, लगानी नहुँदा उद्यम छैन र रोजगारी छैन, रोजगारी नहुँदा आय आर्जन र क्रय शक्ति छैन, देश मन्दीमा छ र पूँजीगत खर्च हुन सकेको छैन, विकासका आयामहरु ठप्प छन् । एक घण्टा आकाशे पानी पर्दा देश डुबेको छ । सबैतिरबाट धनको मोह, च्याँखे दाउ हान्ने गरिएको छ । सरकारले गर्नु पर्ने काम, असहाय, वृद्ध वृद्धाहरु राख्ने घर, आश्रम सरकारले बनाउने होइन, नागरिकसंग सय्यौँ थरि कर लिएर नेता पाल्नु पर्ने तर असहाय, बूढाबूढी, अशक्त अपाँगहरुलाई राख्न कसैले मामाघर, छोरीघर, वृद्धाश्रम भन्दै बजारमा झोली थाप्दै नियम मिच्दै धर्मका ठेकेदारहरुबाट पैसा असुल्ने जुन काम भइराखेको छ त्यो सर्बथा गलत छ, यस्तो काम तुरुन्तै बन्द गरिनुपर्छ, के का लागि बनेका हुन् स्थानीय तह, ?
सरकार दैलोका भन्दै मनपरि कर असुल्ने अनि बूढाबूढी, बेसहारा पाल्छु भन्दै जिनजीक्षेत्रले पशुपतिक्षेत्र प्रयोग गर्दै धर्मको नाममा व्यापार गर्ने यो कस्तो कार्य हो अनि भीमसेनलाई पसिना त आउँछ नि, र प्लेनहरु पनि खस्छन् बसहरु पनि नुहाउन गइरहन्छन् र फर्कन सक्दैनन् । कसले खोज्ने हराएको बस ? छ यहाँ कुनै संयन्त्र ? हो, यहाँ गतिलो संयन्त्र छ बालकोट जाने, बालुवाटार फर्कने शीतल निबास र बूढानीलकण्ठको दरबार डुल्ने । देश डुल्ने भए त नारायणघाट र बुटवलको सडक लोकतन्त्रले देखिहाल्थ्यो, त्यहाँ न गणतन्त्र पुगेको छ, न संघियता बा लोकतन्त्र नै ।






