
कामरेड प्रचण्डको नेतृत्वमा संगठित तथा आफूलाई माओवादी विचारधाराको संवाहक बताउने नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको जनयुद्धको प्रभावबाट नेपाल मुक्त भएको छैन । जनयुद्धका कमान्डर तथा माओवादीका अध्यक्ष प्रचण्ड तीनपटक सत्ताको चुचुरोमा पुगिसक्नुभएको छ । तर, उहाँले न त आफ्नो पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्याउन सक्नुभएको छ न त जुन सुखद परिकल्पनाका साथ युद्ध गरिएको थियो ती परिकल्पनाका आधारमा देशको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनको बाटो नै पहिल्याउन सक्नुभयो । सरकारसँग भएको बृहत् शान्ति सम्झौतापछि संविधानसभाका लागि समयमा नै चुनाव भए पनि राजनीतिक अन्तरविरोध यथावत् रहेकाले गणतन्त्र नेपालको संविधान सहज ढंगले बन्न सकेन । दोस्रोपटक संविधानसभाको चुनाव भयो र जसोतसो संविधान बन्यो । तर, त्यतिन्जेलसम्म गणतान्त्रिक संविधानको निर्माणमा लागेको अतिशय लामो समयले नेपाली समाजमा गहिरो असर पारिसकेको थियो । नेपालको उर्वर स्रोतका रूपमा रहेको मधेसमा दुई-दुईपटक ठूला आन्दोलन भए । यी आन्दोलन बाह्य प्रभावमा भएको सजिलो निष्कर्ष निकालियो । तर, नेपाली राजनीतिका जानकारहरूको यो विश्लेषण सही थिएन ।
अहिले बाहिरबाट सरसर्ती हेर्दा सबै कुरा सहज देखिन्छ । निर्वाचित संघीय संसद् छ । संसद्मा समावेशी प्रतिनिधित्व छ । तर, नेपाली जनताको भलाइ र उन्नतिका लागि चाहिएको कुशल शासन र प्रशासन छैन । देशविकासका लागि दलहरूका बीच सहमतिको कुनै दस्तावेज छैन । जनतालाई उत्साहित तुल्याउने राष्ट्रिय नारा छैन । छ भने दलहरूका बीच गैर सैद्धान्तिक असहमति र द्वन्द्व मात्र छ । विकासका काम राजनीतिक द्वन्द्व र असहमतिमा गाँजिएका छन् ।
विकासका वाहक बन्नुपर्ने दलका नेताहरूमा काम गर्ने आँट र आत्मविश्वास देख्न पाइएको छैन । जनताले चुनेर सार्वभौम संसद्मा पठाएका प्रतिनिधि भ्रष्टाचारमा लिप्त कर्मचारीलाई निलम्बन गर्न नहुने र सेवासुविधा दिनुपर्ने वहसमा लागेका छन् । यस्ता अत्यन्त घीनलाग्दो र दुर्भाग्यपूर्ण अवस्थाबाट देश गुज्रिइरहेको छ । विकासका सोच र चिन्तन भएका निष्ठावान् नेताहरूको अभावमा यो अवस्थालाई कसरी बदल्ने ? यो अहिलेको मुख्य प्रश्न हो ।
नेपालको राजनीतिक इतिहासमा दशकौंदेखि सक्रिय रहेको नेपाली कांग्रेस पार्टीका नेताहरू यतिखेर आएर कुहिरोको काग बन्न पुगेका छन् । कांग्रेससँग सैद्धान्तिक आबद्धता रहेका सामान्य नेपालीको संख्या कम छैन । यो कालखण्डमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले अहिलेको जस्तो नेतृत्वको संकट कहिल्यै भोग्नुपरेको थिएन ।
लोकतान्त्रिक विचार–प्रक्रियाप्रतिको आस्था, सर्वोपरि नागरिक स्वतन्त्रता र लोकतान्त्रिक शासनका लागि धेरै नेपाली कांग्रेसको छातामुनि रहेका छन् । नेपाली कांग्रेसमा विवादको पनि कहिल्यै कमी रहेको छैन । तर, देशको जेठोबाठो दलको हैसियतले नेपाली कांग्रेसले जुन भूमिका खेल्नुपर्ने थियो, त्यो खेल्न सकेको छैन । संस्थापन कालदेखि नै नेपाली कांग्रेस सधंै राजनीतिक, आर्थिक र सामाजिक उहापोहमा अस्तित्वशील रहेको राजनीतिक संस्था हो । पहिलो राष्ट्रिय जनआन्दोलन–२०४६ पछिको समयमा जब पार्टी सत्ताको राजमार्गमा दौडिन थाल्यो त्यसपछि यसको ओरालो यात्रा पनि सुरु भयो । कांग्रेसले लोकतान्त्रिक समाजवादी विचार का आधारमा जनतालाई सुरक्षा दिने आशा देशभरिका कांग्रेसजनमा छाएको थियो । तर, सत्ताको मातले लठ्ठ भएको कांग्रेस आफ्नो र ाजनीतिक धारविपरीत धारमा लागेपछि यसको दुर्दिन सुरु भएको थियो ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीसँग हात मिलाएर देशमा शान्ति स्थापनाका लागि प्रयत्न सुरु गरेपछि कांग्रेसको जीवन प्रतिकूल समयको धार बाट बाहिर निस्किएको हो । कोइराला नेतृत्वको सरकारले देशमा शान्ति स्थापनाका लागि माओवादीसँग बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि देशमा लोकतान्त्रिक गणतन्त्रको वातावरण तयार भएको हो । तर, देशले यो नयाँ वातावरणबाट खासै ठूलो फाइदा उठाउन सकेन । साँच्चै भन्ने हो भने बृहत् शान्ति सम्झौतापछिका दिनहरूमा कांग्रेस, माओवादी, एमाले र अन्य साना–ठूला दलका नेताहरू आफैं कुहिराको काग बने । सत्ता स्वार्थका कारण यी दलहरूको अवस्था बिग्रिन थाल्यो । नेताहरू राणाकालीन नेपालका भारदारजस्तै आपसमा लड्न थाले । सत्ताको शिखरमा उक्लिने ध्याउन्नमा लागेका कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरूले आफ्नो साख गुमाए । सत्ताको यो खेलमा प्रचण्ड तीनपटक सत्ताको शिखर मा पुग्नुभयो । पछिल्लोपटक एमालेको सारीको फेर समातेर प्रचण्डले बनाउनुभएको सत्ता फापेन । एमाले अध्यक्ष केपी ओलीको तीतो व्यवहार र कांग्रेसप्रति प्रचण्डको आफ्नै आशंकाका कारण सरकार फेरियो ।
नेपालको राजनीतिक इतिहासमा दसकौंदेखि सक्रिय रहेको नेपाली कांग्रेस पार्टीका नेताहरू यतिखेर आएर कुहिरोको काग बन्न पुगेका छन् । कांग्रेससँग सैद्धान्तिक आबद्धता रहेका सामान्य नेपालीको संख्या कम छैन । यो कालखण्डमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले अहिलेको जस्तो नेतृत्वको संकट कहिल्यै भोग्नुपरेको थिएन
अहिले प्रचण्ड नेतृत्वको सरकारलाई अपदस्थ गरेर केपी ओलीको नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समर्थन दिनुभएको छ । सभापति देउवा एमालेसँग हात मिलाउन त्यत्तिकै तत्पर हुनुभएको होइन । कांग्रेससँग सहकार्य हठात् तोडेर एमालेसँग सहकार्य गर्न पुग्नको मुख्य कारण प्रधानमन्त्री प्रचण्डको राजनीतिक चञ्चलता थियो । कांग्रेस महासमितिको बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अन्य नेताहरूको जनयुद्ध’bout आलोचनात्मक वक्तव्यपछि भावुक हुनुभएका प्रचण्ड वामपन्थी एकताका नाममा एमाले ओलीको शरणमा पुग्नुभएको थियो । ओलीले प्रचण्डलाई आफ्नै सर्तमा प्रधानमन्त्री बनाउनुभएको थियो । प्रचण्डले ओलीका सर्तहरू धान्न सक्नुभएन ।
एक वर्षपछि प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व त्याग्ने सहमतिमा बनेको कांग्रेस–एमालेको संयुक्त सरकार को भविष्य’bout अहिले नै केही भन्न सकिने अवस्था विद्यमान छैन । प्रधानमन्त्री ओलीको स्वभाव ‘प्रेडिक्टेवल’ छैन । तै पनि, आगामी चुनावसम्म कांग्रेस र एमाले दुवै दलका लागि सँगसँगै हिड्नुपर्ने बाध्यता रहेको छ । यसैकारण, चुनावसम्म नेपाली राजनीतिको पानी नधमिएला भन्ने आशा पक्कै गर्न सकिन्छ ।
पहिलो जनआन्दोलनपछि कांग्रेसले समयको मागअनुसार, जनताका अपेक्षा पूरा गर्न सकेन । आन्तरिक र बाह्य परिस्थितिका कारण नेपालमा जलेको स्वतन्त्रताको दियो पनि निभ्न पाएन । वामपन्थी दल एमालेसँग गठबन्धनमा रहेको कांग्रेसको नेतृत्वमा गणतन्त्र नेपालमा तेस्रो राष्ट्रिय निर्वाचन हुँदै छ । तर, विभिन्न जिल्लामा कांग्रेसीहरूले वर्तमान गठबन्धन सरकारका विरुद्ध असन्तोष प्रकट गर्न सुरु गरिसकेका छन् । यसै पनि अहिलेका तीन प्रमुख दल, कांग्रेस, एमाले र माओवादीसँगै बस्न सक्ने राजनीतिक दल होइनन् । २०४७ सालमा गिरिजाप्रसाद कोइरालाको सर कारविरुद्ध एमालेले संसद्मा जसरी अवरोध खडा ग¥यो त्यो विवेकसम्मत राजनीति थिएन । तर, त्यतिबेलाको संसद्मा एमालेको बलियो पकड थियो । कांग्रेस आफ्नै कारणले प्रतिकूल अवस्थामा थियो । अहिले एमालेका अध्यक्ष केपी ओलीको नेतृत्व कांग्रेसका लागि त्यति अप्रीतिकर देखिँदैन । प्रकटमा प्रम ओलीको व्यक्तित्व ‘टेम्परामेन्टल’ देखिए पनि आफनो नेतृत्वमा रहेको पार्टीले अपयश पाउने खालको कुनै काम गर्ने पक्षमा उहाँ देखिनुहुन्न होला ।
तर, कांग्रेसविपरीत अवस्थामा रहेको छ । कांग्रेसभित्र ‘सबैथोक गुमाएर पनि केही नपाउने’ कार्यकर्ताको कमी छैन । कांग्रेसका नाममा शासन गर्ने अवसर पाउनुभएका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्म सबैसँग जोडिएका कार्यकर्ताले आआफ्नो भागको दुःख पाएका छन् । अवस्था जे भए पनि र जति प्रतिकूल भए पनि असहज र ाजनीतिक परिस्थिति भोगेर आएका कांग्रेसी कार्यकर्ता पार्टीलाई नै दह्रो बनाउन लाग्नेमा शंका छैन ।
पार्टीका हिसाबले गणतन्त्रपछिको समयमा गिरिजाप्रसाद कोइरालालाई छाडेर कांग्रेसका सुशील कोइराला र शेरबहादुर देउवा, माओवादीका प्रचण्ड र बाबुराम भट्टराई, एमालेका झलनाथ खनाल र माधव नेपाल (हाल समाजवादी) एमालेका अध्यक्ष केपी ओली पटकपटक प्रधानमन्त्री भइसक्नुभएको छ । तर, प्रधानमन्त्रीका रूपमा यी सबै व्यक्तित्वलाई जनताले किन सम्झिने र कसरी सम्झिने ? निक्र्योल गर्ने जिम्मा इतिहासको भागमा राखिदिनुपर्छ । अहिले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विचलनको अवस्थामा इतिहासले मात्र यस्तो मूल्यांकन गर्न सक्छ ।






