‘नारायण नगरपालिकामा शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता’

दैलेख । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले आफुले पालिकामा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ सम्वोधन गरी अघि बढेको बताए । उनले नारायण नगरपालिको आयोजनामा पालिका स्तरीय पोषण बिशेष कार्यक्रममा स्थानीय समुदाय, नागरिक अगुवाहरु सवै मिलेर संयुक्त रुपमा अघि बढ्न सके समुदायमा सकारात्मक परिवर्तन संभव रहेको बताए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा थुप्रै काम गरेको उनले जानकारी दिए । उनले बालबालिकाको पोषण र स्वास्थ्यमा सुधारका लागि नगपालिकाले थुप्रै कार्यक्रम संञ्चालन गरिएको समेत नगर प्रमुख शर्माले बताए।बालबालिका तथा गर्भवती महिलाहरुका लागी स्वास्थ्य क्षेत्रमा आफ्नाे नगरपालिकाले विशेष चासोका साथ योजना बनाएर कार्यक्रम गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सिप र प्रोत्साहन गर्ने पोषण बिशेष कार्यक्रम, मातृ शिशु तथा अल्पकालीन पोषणलगायका बिषयमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।

आर्थिक वर्षदेखि गर्भवती आमा सुत्केरी कार्यक्रम,पोषण कार्यक्रम नियमित रुपमा संचालन गरिने उनले बताए । उनले सुनौला हजार दिन निकै महत्वपूर्ण हुने र त्यसपछि पाँच वर्षको उमेरसम्मको अवस्था प्रभावकारी रहने भएकोले त्यो उमेरमा बालबालिकाहरुको स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरे । उनले नारायण नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाले पोषण कार्यक्रम,सेवाग्राहीलाई दिने सेवाको अवस्था, सुत्केरी, गर्भपतन, जनस्वास्थ्यको अवस्था लगायतका बिषयमा छलफल गरिएको उनले बताए ।

बालबालिकाको उमेर अनुसारको बृद्वि र बिकास हुनुपर्नेमा भए नभएको ’boutमा जानकारी लिन बच्चा जन्मेदेखि २४ महिना सम्म बाल तौल अनिवार्य लिन आवश्यकता पर्छ, साथै उमेर अनुसारको खानेकुरामा ध्यान दिनुपर्ने हुन्छ, बाल स्वास्थ्यमा सुधारका लागि पोषण ब्यवहार परिवर्तन को महत्त्र्व लगायतका बिषयमा छलफल समेत गरिएको स्वास्थ शाखा प्रमुख खड्का जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह