इमर्जेन्सीलाई १० दृष्य सच्याउन सेन्सरको निर्देशन

मुम्बई । बलिउड अभिनेत्री तथा सांसद कंगना रनौतलाई ठूलो राहत मिलेको छ । उनको चलचित्र ‘इमर्जेन्सी’ लाई लामो समयदेखि सेन्सरले रोकेको थियो । यो चलचित्र बिरुद्ध भारतीय काँग्रेस र हरियाणाबासीहरुले प्रदर्शन रोक्न आवाज उठाईरहेका छन् ।

विवादका कारण यो चलचित्र पटक पटक सरेको छ ।यही ६ सेप्टेम्बरमा चलचित्रको रिलिज मिति तय गरिएको थियो । तर यो मितिमा चलचित्रको सेन्सर सम्पन्न नभएको कारण यसको रिलिज ६ सेप्टेम्बरमा हुन सकेन । योसँगै सिख समुदायबाट पनि विरोध भएकाले कँगनाले उनीहरुसँग वार्ताको लागि आह्वान गरेकी छिन् ।

यसरी चलचित्रलाई रोक्न विभिन्न ठाउँमा प्रदर्शन भइरहेका बेला अहिले सेन्सरले यसलाई केही दृष्यहरुमा सुधार गरेर प्रदर्शन गर्न सुझाब दिएको छ । यसैबीच यो चलचित्रलाई भारतीय केन्द्रिय सेन्सर बोर्डले इमर्जेन्सीलाई यु÷ए प्रमाणपत्र दिएको छ ।

मिडिया रिपोर्टका अनुसार सेन्सर बोर्डले फिल्मलाई रिलिज गर्न अनुमति दिएको छ तर कडा निर्देशन पनि दिएको छ । यो चलचित्रले रिलिज हुनुअघि १० वटा दृष्यमा परिवर्तन गर्नुपर्नेछ । यसका साथै चलचित्रको तीनवटा दृश्य हटाउनु पर्ने पनि भएको छ । चलचित्रमा समेटिएको विवादास्पद सम्बाद पनि हटाउन सेन्सरले निर्देशन दिएको छ । त्यस्ता सम्बादनमा बिगतको तथ्य देखाउन पनि सेन्सर बोर्डले निर्देशन दिएको छ ।

सेन्सर बोर्डले यो चलचित्रको केही दृष्यहरु हटाउनको लागि कंगनालाई निर्देशन दिएको छ । ती दृष्य नहटाए सो चलचित्र प्रदर्शन गर्न नपाउने पनि बोर्डले उल्लेख गरेको छ ।

पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड मिलहौस निक्सनले भारतीय महिलाहरूमाथि अपमानजनक टिप्पणी गरेको, पूर्व बेलायती प्रधानमन्त्री विन्सटल चर्चिलले भारतीयहरूले खरायोसँग प्रजनन गर्ने बयान दिएका कुरामा पनि आफुहरुको ध्यानकर्षण भएको सेन्सरले जनाएको छ ।

यो कथनको स्रोत पनि सेन्सरले मागेको छ । सेन्सर बोर्डले कंगनाको प्रोडक्शन हाउस मणिकर्णिकामा यस्ता १० महत्वपूर्ण सम्बादलाई प्रमाणित गर्न र प्रमाणित नभएर परिवर्तन गर्न पनि निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै