प्रमोदको वियोग गीत आँशुको मुल्य सार्वजनिक

‘कि त आँशुको मुल्य तोकिदेउ
कि त बग्ने आँशुलाई रोकिदेउ..’
बियोगान्त गीतमा न्यायदिने गायकको रुपमा परिचित प्रमोद खरेलले यतिबेला फेरी अर्को वियोगान्त गीत आँशुको मुल्य…दर्शकमाझ ल्याएका छन् ।

उनले यो गीतको भिडियो सदीक्षा पाण्डे अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् । यो गीतलाई अलोन रेशमले लेखेका हुन् । जसमा बिशाल निरौलाको संगीत रहेको छ ।

गीत जति मार्मिक छ । भिडियो पनि त्यस्तै मार्मिक बनेको छ । भिडियोमा त्रिकोणत्मक प्रेम कथाले निम्त्याएको बियोगको पीडा प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतका कलाकारले अभिनय गरेका छन् । यो भिडियोलाई उत्तम श्रेष्ठ ‘सिसिर’ले निर्देशन गरेका हुन् । यो भिडियोकी निर्माता भने सदिक्षा पाण्डे हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ