Saturday, July 24, 2021
Homeसमाजसञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ

सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ

,

काठमाडौ । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको छ ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले काठमाडौ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत रही जोखिम मोलेर फिल्डमा खटिएका सञ्चारकर्मीलाई स्यानिटाइजर, मास्क र ग्लोभ्स उपलब्ध गराएका हुन् । मंगलबार महानगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकिय अधिकृत अर्यालले पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाई मार्फत सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत अर्यालले जोखिम मोलेर फिल्डमा खटिदै जनतालाई सुचना उपलब्ध गराउन सक्रिय सञ्चारकर्मीलाई सम्मान स्वरुप सुरक्षा समाग्री उपलब्ध गराइएको जानकारी दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको स्मरण गर्दै आफु सञ्चारकर्मीको समस्यामा जहिले पनि सहयोग गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । अर्यालले सञ्चारकर्मीहरु सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने र सरकारका राम्रा कार्यलाई जनता समक्ष लैजान कञ्जुस्याई गर्न नहुने बताए ।
अर्यालले लकडाउनका कारण अत्यन्तै समस्यामा परेका सञ्चारकर्मीहरुको दुखमा साथ दिन केहि खाद्यन्न समेत उपलब्ध गराइएको जानकारी दिए ।
कार्यक्रमा पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाईले महानगरले पत्रकारको सुखदुखमा साथ दिएकोमा धन्यवाद दिदै महानगरको विकास निर्माण कार्यमा सञ्चारकर्मीहरु सधै साथमा रहने बताए । कार्यक्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीको समेत सहभागिता रहेको थियो ।

Loading comments...

आजको समाचार

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

साताका लोकप्रिय समाचार

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

टिभी हेर्ने क्रममा करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन

लमजुङ । टिभी हेर्ने क्रममा विजुलीको करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन भएको छ । राइनास नगरपालिका– ७ सालफेदी गाउँमा बस्ने राकेश पाण्डेकी ७...

समयमै राहत पु-याऊ

मनसुन सुरु भएसँगै बाढी पहिरोको प्रकोप बढेर नागरिकले दयनीय अवस्था भोगिरहेको बेला समयमै राहत पु¥याउन नसक्दा झनै सास्ती भोग्नुपरिरहेको छ । उसो त प्रकृतिले...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

ट्रेन्डिङ

बाल कवितामा प्रश्ना सुवेदी उत्कृष्ट

काठमाडौं । लकडाउनको समय गत वैशाखमा शैली थिएटरले घोषणा गरेको विश्व बाल कविता महोत्सवको नतिजा सो थिएटरले सार्वजनिक गरेको छ । विश्वभरिबाट बाल कविता...

सातै प्रदेशको बजेट सार्वजनिक : स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि आयव्ययसहितको बजेट सोमबार सार्वजनिक गरेका छन् । १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?