पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। वाइचोकबाट निषेधित क्षेत्र तोकिएको शहिदचोक जान खोजेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकिएको थियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ । र उनलाई आज म्याद थपका लागि अदालत पेश गरिएको छ ।

लामिछाने पक्राउ परेपछि राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिदेखि सभामुखसम्मलाई बाँसको कुर्सी उपहार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप