मोटरसाइकलको ठक्करबाट साइकल चालकको ज्यान गयो

उदयपुर । गाईघाट – दिक्तेल सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको आईतवार दिउँसो ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका –१० करमगाछीस्थित गाईघाट–दिक्तेल सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा त्रियुगा नगरपालिका–१० एलेम्बर मार्गका ६० वर्षीय सन्तबहादुर राईको उदयपुर जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रदेश नं. ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक बरुवा हुँदै गाईघाटतर्फ जाँदै गरेको मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा राई गम्भिर घाइते भई उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्नुका साथै नाकबाट रगत बगेको र दुवै हातमा चोट लागेको थियो । मोटरसाईकल चालक त्रियुगा नगरपालिका–१२ का १९ वर्षीय महमत सबिव राइन भने घाइते भएका छन् । उनको नाकबाट रगत बगेको तथा दुवै हात, दुवै खुट्टा र निधारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

‘बदलिँदो परिस्थिति अनुसार एमाले रूपान्तरण हुनुपर्छ’: उपाध्यक्ष गुरुङ