सिन्धुपाल्चोकका ७३ स्वास्थ्य संस्थाले पाए स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक । कोरनो भाइरस (कोभीड–१९) रोकथाम र सम्भावित विरामीको स्वास्थ्य परिक्षणका लागि सिन्धुपाल्चोकका ७३ स्वास्थ्य संस्थाले एकै पटक आवश्यक स्वास्थ्य सामग्री पाएका छन् ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का आठ स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाहरुका लागि ठूलो परिणाममा कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री पाएका छन् ।

स्वास्थ्य सामग्री अभावमा कोरोना आशंकीत विरामीहरुको स्वास्थ्य परिक्षणमा कठिानइ भोगीरहेका स्थानीय निकायका प्रमुखहरुले स्वास्थ्य सामग्री पाएपछि गाउँ–गाउँमा गएर स्थानीयको स्वास्थ्य परिक्षण गर्ने बताएका छन् ।

स्वास्थ्य सामग्री पाएपछि स्थानीय सरकारका प्रमुख र स्वास्थ्य संस्थाका प्रमुखहरु प्नि खुसी भएका छन् । सिन्धुपाल्चोकका भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी, लिसंखुपाखर, बलेफी, जुगल गाउँपालिकाको साथै बाह्रविसे र चौतारा साँगाचोकगढी नगरपालिकाका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री पाएका थिए ।

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको सक्रियतामा स्वास्थ्य संस्थाहरुका लागि थर्मल गण,पीपीइ सेट,एन–९६ मास्क, बुट, सेनीटाइजर, सर्जीकल मास्कलगायतका स्वास्थ्य सामग्री स्थानीय तहका स्वास्थ्य संस्थाहरुका लागि उपलब्ध गराइएको थियो ।

सभामुख सापकोटाको सन्देशसहित आवश्यक स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले स्थानीय सरकारका प्रमुखहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

लक डाउनका कारण सभामुख स्वास्थ्य सामग्री लिएर आउन नपाएको र स्थानीय सरकारका प्रमुखहरुलाई कोरोना भाइरस सँग लड्न उच्च मनोबल प्रदान गर्नका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको नेकपाका केन्द्रीय सदस्य सापकोटाले जानकारी दिए ।

स्थानीय सरकारका प्रमुखहरुलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री दक्ष चिकित्सकहरुबाट परीक्षण समेत गरिएकाले एकदमै उपयोगी रहेको नेकपा केन्द्रीय सदस्य सापकोटाले जानकारी दिए । स्वास्थ्यकर्मीहरुका लागि प्रयोग गरिने पीपीइ सेट समेत पुन प्रयोग गर्न मिल्ने प्रकृतिको भएको सापकोटाले जानकारी दिए । सभामुख ज्युको पहलमा स्वास्थ्य सामग्री प्राप्त भएकाले गुणस्तरमा कुनै शंका नगर्न स्थानीय सरकारका प्रमुखहरुलाई सापकोटाले आग्रह गरेका थिए ।

त्यस्तै राजमार्गमा डिउटीमा खटिएका सशस्त्र प्रहरी नेपाल प्रहरी,ट्राफीक प्रहरीलाई पनि मास्कर सेनीटाइजर प्रदान गरिएको थियो । निजी क्षेत्रबाट सञ्चालित सिन्धु सदावहार अस्पतालका लागि पनि पीपीइ सेट,थर्मल गण लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकसँग आवद्ध सञ्चारकर्मीहरुका लागि पनि सापकोटाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

स्थानीय सरकारका प्रमुखले भने–संकटमा हामीलाई ठुलो राहत भयो
गाउँपालिका र नगरपालिकाहरुले स्थानीय विपद कोषबाट बजेट विनियोजन गरेर स्वास्थ्य संस्थाहरुका लागि कोरोना परिक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न खोजेपनि बजारमा कतै नपाएको बेलामा स्वास्थ्य सामग्री पाउँदा खुसी लागेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए । बजारमा कतै सामग्री पाएका थिएनौ,हामीले कार्यालयमा नै महत्वपुर्ण सामग्री पाएका छौ हामी खुसी छौ मेयर शेर्पाले भने । नेपाली चीनसँग सीमा जोडिएको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले पनि गाउँपालिकाको लागि उपयोगी स्वास्थ्य सामग्रीहरु आफुहरुले प्राप्त गर्न सफल भएको बताए ।

बजारमा धेरै खोजी गर्दा पनि थर्मल गण,पीपीइ सेट नपाइरहेको बेला सभामुख ले आफ्नो निर्वाचन क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउँनु भएकोमा लिसंखुपाखर गगाउँपालिकाको तर्फबाट अध्यक्ष कमल नेपालले धन्यवाद दिएका थिए ।

सुःखमा भन्दा पनि दुःखमा थोरै भएपनि सहयोग प्राप्त हुदा धेरै खुसी लागेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले बताए । सुन थोरै हुन्छ,तर थोरै भएपनि किम्ती हुन्छ,हाम्रो लागी यो स्वास्थ्य सामग्री सुन नै भएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले बताए ।

त्यस्तै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले पनि आफुहरुका लागि महत्वपुर्ण स्वास्थ्य सामग्री पाएकोमा खुसी व्यक्त गरेह। सुनकोशी गाउँपालिकाका लागि आवश्यक स्वास्थ्य सामग्री वाग्मती प्रदेशका सासंद सरेश नेपाल र नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले सयुक्त रुपमा गाउँपालिकाका प्रमुख जिसीलाई हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?