रेणु नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारी

काठमाडौं । समाजवादी पार्टी विभाजनको अन्तिम तयारीमा पुगेको छ । पार्टी उपाध्यक्ष रहेकी रेणु यादवको नेतृत्वमा एउटा छुट्टै दल गठन गर्ने तयारीमा सो पार्टीका नेता लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा विभाजन हुने पार्टी सहभागी हुने गोप्य सहमतिसमेत भइसकेको छ । यादवकै चाहनानुसार ओली सरकारले राजनीतिक दलसम्बन्धीको कानुन खुकुलो बनाइसकेको छ । केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत संख्या भए मात्रै दल विभाज गर्न सकिने कानुनी व्यवस्थामा सरकाले अध्यादेशमार्फत केन्द्रीय कमिटी वा संसदीय दलमा ४० प्रतिशत संख्या भए विभाजन गर्न सकिनेगरी कानून खुकुलो बनाएपछि नयाँ दल गठनको तयारीमा यादव जुटेकी हुन् ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी फुटाउनका लागि पूर्वराज्यमन्त्री तथा सांसदको अपहरण भएको बताएका छन् । डा. भट्टराईले समाजवादी पार्टीका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई सरकारी पक्षले अपहरण गरेको आरोप लगाएका हुन् । बुधबार साँझ भट्टराईले सञ्चारकर्मीलाई सन्देश पठाउँदै भनेका छन्, ‘आज वैशाख १० गते साँझ साढे ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधनमन्त्री ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’

समाजवादी पार्टी फुट्न लागेको सूचना पाएका भट्टराईसहित अध्यक्ष उपेन्द्र यादवले पार्टी छाड्ने कुरा के हो भन्दै केन्द्रीय सदस्य र सांसदलाई प्रश्न सोधेका छन् । फोनमार्फत दुवै नेताले अन्य नेतालाई फुटको ’boutमा सोधखोज सुरु गरेपछि त्यस’boutमा कसैले मुख खोलेका छैनन् । समाजवादीका एक सांसदका अनुसार समाजवादी पार्टी छोडेर नयाँ गठन हुने पार्टीमा आउन अफर आएको बताए । तर, नयाँ गठन हुने पार्टीमा आफू नजाने उनले स्पष्ट गरेका छन् । अरू साथी जान्छ भने आफूलाई थाहा नभएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

epaper

ताजा समाचार

ओली र लेखकलाई पक्राउ गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छः एमाले