जनता समाजवादी पार्टीद्वारा आयोगमा दल दर्ताको निवेदन

काठमाडाैं । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया शुरु भएको छ । आयोगमा जनता समाजवादी पार्टीको सहमतिपत्रको दर्ता नं १३८८ रहेको छ ।

सो आयोगमा पार्टी एकीकरणको सहमतिपत्र दर्तापछि अहिले संघीय संसद् सचिवालयमा दर्ताका लागि पुगेको सो पार्टीका नेता केशव झाले जानकारी दिए। दल दर्ताका लागि दुवै पार्टीको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठकले निर्णय गरी पुनः दुवै पार्टीको संयुक्त बैठकले निर्णय गर्नेछ । एकीकृत पार्टीको पार्टीको विधान, घोषणापत्र, नियमावली र नयाँ पार्टीको संरचनासहित आयोगलाई बुझाएपछि मात्रै पार्टी दर्ता प्रक्रिया अघि बढ्ने नेता झाले बताए ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार राति पार्टी एकीकरण भएको घोषणा गरेका थिए । जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, शरत्सिंह भण्डारी, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झालगायत नेताहरु आज निर्वाचन आयोग पुगेका थिए।

नवगठित पार्टीका नेता राजेन्द्र महतोले लकडाउनपछि पार्टी एकीकरणको बाँकी प्रक्रिया पूरा गरेर एकता टुङ्ग्याइने जानकारी दिए ।

अर्का नेता राजेन्द्र श्रेष्ठले सरकारले असान्दर्भिक अवस्थामा अध्यादेश ल्याएकाले आफूहरुले पनि पार्टी एकीकरणको कामलाई अन्तिम रूप दिएको बताए । नेता डा शिवजी यादवले झण्डै डेढ वर्षदेखि चलिरहेको एकता प्रक्रियाले अन्तिम रूप लिएको भन्दै पार्टी पदाधिकारी र केन्द्रीय समितिको आगामी बैठकले नयाँ रणनीतिका साथ अघि बढ्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

epaper

ताजा समाचार

हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो