इलाम । इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा काजी राई प्रथम भएका छन । इलाम उद्योग बाणिज्य संघ र होटल ब्यबसायि संघ इलामले संयुक्त रुपमा आयोजना भएको प्रतियोगितामा २४ जना खेलाडीले सहभागिता जनााएका थिए ।
अन्तिम पाँचौ राउण्डमा यामप्रसाद लिम्बूलाई पराजित गर्दै काजि राईले प्रथम स्थान हासिल गर्दा श्रीकृष्ण लिम्बूले दोस्रो, खड्ग लिम्बू तेस्रो, मनिष पौडेल चौथो र तारानिधि घिमिरेले पाँचौं स्थान हासिल गरे । यस्तै अन्य बिभिन्न बिधाबाट जम्मा ११ जना खेलाडी बिजयी भएका छन् ।
पाँच राउण्डसम्म भएको प्रतियोगितामा जिल्ला च्याम्पियन देवी प्रसाद पौडेल ३ अंक जोड्दै छैठौं स्थानमा रहँदा बुद्धिचाल संघ इलामका पूर्व अध्यक्ष यामप्रसाद लिम्बू पनि ३ अंक बटुलेर ७ औं स्थानमा रहे ।
पौडेललाई चौथो राउण्डमा मनिष पौडेल र पाँचौ राउण्डमा श्रीकृष्ण लिम्बूले पराजित गर्दा याम प्रसाद लिम्बूलाई तेस्रो राउण्डमा देवी पौडेल र पाँचौं राउण्डमा काजी राईले पराजित गरेका थिए । चेस खेलको विकाससंगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघले यस प्रतियोगिताको आयोजना गरेको हाटल ब्यबसायी संघ इलामका महासचिब प्रकाश चापागाइँले जानकारी दिए ।