मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन लामो समयदेखि घर छाडेर माईतमा रहेको बेला उनकी सासु अर्थात अभिनेत्री जया बच्चनको अन्तरार्वा मिडियामा आएको छ । यो अन्तरवार्ताको क्लिप पनि यतिबेला भाईरल भएको छ ।
एउटा टेलिभिजनसँग गरेको कुराकानीमा जयाले ऐश्वर्या राय आफ्नो छोरी नभएर वुहारी भएको बताएकी छिन् । उनले वुहारीलाई सम्मान पनि गरिएको जिकिर गरेकी छिन् । जया बच्चनले अन्तर्वार्तामा छोरा अभिषेक बच्चन र छोरी श्वेता बच्चनको पालनपोषणको कुरा गरेकी छिन् ।
जयाले आफू कडा आमा भएको बताइन् । अभिषेक बच्चन र श्वेता बच्चनलाई जस्तै आफुले ऐश्वर्या प्रति कडा व्यबहार नगरेको जिकिर उनले गरेकी छिन् । बुहारी ऐश्वर्याप्रति आफ्नो दृष्टिकोण खराव भएको भन्ने कुरालाई उनले खण्डन पनि गरेकी छिन् ।
सासु जयाले भनेकी छिन्,‘ऐश्वर्या अभिनेत्रीसँगै मेरी बुहारी हुन् र मेरी छोरी होइनन् । म उनीसँग किन कडा बन्ने ? मलाई विश्वास छ कि उनकी आमाले पनि उनलाई यस्तै गर्नुहुन्थ्यो ।’ जया बच्चनले आफुहरुको पारिवारिक समस्या चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।
परिवार र विवादको ’boutमा अनेक किसिमका खबरहरु आइरहेको पनि जयाले खण्डन गरेकी छिन् । अभिषेक बच्चनको अभिनेत्री निम्रत कौरसँग अफेयर रहेको ’bout उनले यी कुरामा कति पनि सत्यता नरहेको बताएकी छिन् ।