अब यात्रुवाहक सवारी साधनलाई टाइम कार्ड

इटहरी । कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा गुड्ने यात्रुवाहक सवारी साधनलाई टाइम कार्ड लागू गरिएको छ । शनिबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेशको सहकार्यमा सार्वजनिक सवारी साधनको प्रभावकारी व्यवस्थापनका लागि टाइम कार्ड लागू गरिएको हो ।

मोरङको सुन्दरहरैँचा–७, गछियामा आयोजना भएको टाइम कार्डको कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले उद्घाटन गरे । खापुङले सवारी दुर्घटना गम्भीर विषय भएको र यसलाई न्यूनीकरण सरोकारवाला निकाय सबै जिम्मेवार बन्नुपर्ने बताए । टाइम कार्ड प्रणाली लागू गरेपछि कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे ।

कोशी प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढेपछि शनिबारदेखि टाइम कार्ड लागू गरिएको हो । टाइम कार्डअनुसार पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू गरिएको हो । टाइम कार्ड तोकिएपछि विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ । यसैगरी इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ ।

काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ भने झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरिएको छ ।

खासगरी पछिल्लो दुई सातामा मात्रै कोशी प्रदेशमा भएको सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा सार्वजनिक सवारी चालकहरूलाई टाइम कार्डको महत्व र जिम्मेवारी’bout जानकारी दिइएको थियो । यसैगरी चालकहरूले ट्राफिक नियमहरूको पालना गर्ने, निर्धारित समयतालिका अनुसार सवारी सञ्चालन गर्ने, र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै चालक प्रतिबद्धता पत्रमा हस्ताक्षरगरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक सरोज श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई (ज्वाला), विभिन्न यातायात व्यवसायी, मजदुर संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको धनौजीमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी