जन्ते बाख्रोमा सौगात, आसिफ र गरिमा

काठमाडौं । टेलिभिजन रियालिटी शो रोडिजको निर्देशनमा व्यस्त निर्देशक सिमोस सुनुवार नयाँ चलचित्र निर्देशनमा फर्किएका छन् । यो सिजनको रोडिजको सबै सृँखलाको छायाँकन सकिएसँग आफुले नयाँ चलचित्र ‘जन्तेबाख्रो’को निर्माण घोषणा गरेका उनले बताएका छन् ।

यो चलचित्रको मुख्य भूमिकामा अभिनेताद्धय सौगात मल्ल र आसिफ शाह, अभिनेत्री गरिमा शर्मालाई अनुबन्धित गरिएको छ । गरिमा आईतबार अनुबन्धित भएकी हुन् । अब बाँकी कलाकारलाई यसै सातासम्म अनुबन्धित गरेर अर्को महिनाबाट चलचित्रको छायाँकनमा जाने निर्देशक सिमोसले बताएका छन् ।

यस अघि चलचित्र लण्डन टू पेरिस र ह्रस्व दीर्घमा सहायक अभिनेत्रीको रुपमा काम गरेकी गरिमा जन्ते बाख्रोमा मुख्य भूमिका अनुबन्धित भएकी हुन्,‘आज चलचित्र जन्ते बाख्रोमा अनुबन्धित भएँ । अब म भोलीबाटै मेरो यो चलचित्रमा चरित्रलाई ससक्त बनाउनेमा केन्द्रित हुनेछु ।’ आईतबार गरिमाले सञ्चारकर्मीसँग भनिन् ।

यो चलचित्रमा प्रदीप भारद्वाजको लेखन रहेको छ । चलचित्र हास्यप्रधान जनरामा सामाजिक कथामा आधारित रहने प्रदीपले बताएका छन् । उनका अनुसार चलचित्रले नेपालीहरुको विवाह संस्कृतिमा आएको विभिन्न समस्यालाई उजागर गर्नेछ ।

अर्को साताबाट चलचित्रको अभिनय कार्यशाला सुरु गर्ने यसका निर्देशक सिमोसले जानकारी गराए । चलचित्रको गीत संगीतको काम पनि अहिले भईरहेको छ । यो चलचित्रको आउँदो १ पुषबाट छायाँकन सुरु गरिने पनि उनले बताए ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने जन्ते बाख्रोको निर्मातामा सन्तोष गौतम रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको महाकालीमा एमाले र नौगाडमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित