त्रियुगा नगरपालिका–१२ मा काग्रेसको सिट माओवादीले खोस्यो

उदयपुर । स्थानीय तहको उपनिबार्चन अन्तर्गत त्रियुगा नगरपालिका–१२ मा नेकपा माओवादी केन्द्रले इतिहास रचेको छ । नेकपा माओवादी केन्द्रका नबिनकुमार राई बिजयी भएका हुन । उनले ३ सय १५ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार लक्ष्मीनारायण चौधरीलाई पराजित गरेका हुन । यता नेपाली काग्रेसले भने आङ्खनो बिरासत जोगाउन सकेनन ।

त्रियुगा नगरपालिका– १२ को वडाध्यक्षमा नेकपा माओवादीका नबिनकुमार राईले ९२३ मत प्राप्त गरेको छ भने निकटतम प्रतिबन्धी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाएका थिए ।

त्यसैगरी नेपाली काग्रेसका उम्मेदवार संजिब काङ्खले ३५९ मत प्राप्त गरेको थियो । नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका उम्मेदवार निर्मला चौधरीले ३१२ मत पाएका छन । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार ध्र्ुबप्रसाद पोखरेलले २०२ मत पाएको छ । स्वतन्त्रका उम्मेदवार बजरङीकुमार दासले ३० मत पाएको थियो भने जनमत पाटीका प्रमोद मलाहा सहनीले २० मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पाटीका लालबाबु साहले १७ मत पाएको छ भने नागरिक उन्मुक्ति पाटीका चन्द्रकला चौधरीले ७ मत पाएका थिए । त्रियुगा नगरपालिका– १२ मा कुल ३ हजार ८ सय ४७ मतदाता मध्ये २ हजार ५ सय २७ मत (६५.६९ प्रतिशत) खसेको मुख्य निर्बाचन अधिकृतले जानकारी दिए । बिहान ७ः०० बजे सुरु भएको मतदान साँझ ५ः००) बजेसम्म भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको थियो ।

त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका–९ का रिक्त वडाध्यक्ष पदका लागि मतदान भएको हो । त्रियुगा नगरपालिका–१२ मा जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट, र बेलका नगरपालिका–९ मा बरपिपल मावि, रामपुरलाई मतदान केन्द्रमा मतदान भएका थिए ।

त्रियुगा नगरपालिका–१२ मा ४ उपकेन्द्र (क, ख, ग, घ) केन्द्र रहेको छ । बेलका नगरपालिका–९ मा ३ उपकेन्द्र (क, ख, ग) केन्द्र रहेको जनाए । त्रियुगा नगरपालिका–१२ मा नेपाली कांग्रेसका सञ्जिव काफ्ले, नेकपा एमालेका लक्ष्मीनारायण चौधरी, नेकपा माओवादी केन्द्रका नवीन राई, नेकपा एकिकृत समाजवादीकी निर्मला चौधरी, रास्वपाका ध्रुवप्रसाद पोखरेल, नाउपा, जनमत, र स्वतन्त्र उम्मेदवारहरू सहित ९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

त्यस्तै, बेलका नगरपालिका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा एमालेका मोहन खड्का, नेकपा माओवादी केन्द्रका भरत घिमिरे सहित ७ उम्मेदवार प्रतिस्पर्धामा छन् । रास्वपा, जसपा, र राप्रपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा त्रियुगा नगरपालिका–१२ मा चुडाराज काफ्ले र बेलका नगरपालिका–९ मा पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, दुवै जनाको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । मतदान गर्नेमा पुरुष भन्दा महिला धेरै छन् ।

त्यसैगरी बेलका नगरपालिका– ९ को मतगणना भने विवादको कारण रोकिएको छ । सर्बपक्षिय बैठकको तयारी भई रहेको निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप