तामिल चलचित्र निर्माता संघद्वारा नयाँ चलचित्रको समीक्षा रोक्न मुद्धा

हैदराबाद । भारतीय चलचित्रको निर्माताहरुको संस्था ‘तामिल चलचित्र सक्रिय निर्माता संघ’ (टिएफएपिए)का पदाधिकारीहरुले अब चलचित्र रिलिज हुनासाथ सञ्चार माध्यमले सो चलचित्रको समीक्षा गर्न नपाउने माग उठाएका छन् । यो माग स्वरुप उनीहरुले मद्रास उच्च अदालतमा मँगलबार रिटसमेत दायर गरेका छन् । उनीहरुले प्रदेश सरकार र केन्द्र सरकारसँग पनि यो माग राखेका छन् ।

अल्लु अर्जुनको शिर्ष भूमिका रहेको महत्वकाक्षीप् चलचित्र ‘पुष्पा २’ शुक्रबारबाट विश्वभरका थिएटरमा रिलिज हुँदैछ । चलचित्र रिलिज नहुँदै यो चलचित्रको समेत सैयौं युट्युव च्यानल, फेसबुक पेज र इन्टाग्राम पेजका सञ्चालकहरुले नकरात्मक समीक्षा सुरु गरेपछि आफुहरु गम्भिर भएको चलचित्र सक्रिय निर्माता संघका पदाधिकारीहरुले बताएका छन् । तर दैनिक तथा साप्ताहिक अखबारहरुलाई भने उनीहरुले रिट निवेदनमा लक्षित गरेका छैनन् ।

ठुला बजेटका दुई भारतीय चलचित्र कंगुवा र इन्डियन २ हालै रिलिज भए । यी दुई चलचित्र बिरुद्ध रिलिज अघिबाटै मिडियामा नकरात्मक समीक्षा आएपछि चलचित्रको व्यापारमा भारतमा ठुलो असर परेको यी चलचित्रका निर्माताहरुले चलचित्र सक्रिय निर्माता संघमा उजुरी दिएका थिए ।

यी चलचित्रले दर्शकको मन जित्न सकेनन् र टिकट काउन्टर खाली देखियो भन्दै बहुसँख्यक सामाजिक सञ्जालमा सक्रिय मिडियाले चलचित्रको नरकात्मक मात्र समीक्षा गरेका थिए । यस्तो समीक्षाका कारण व्यापार बिग्रिएको यी चलचित्रका निर्माताहरुको आरोप छ ।

यसरी आफ्ना सदस्यहरुको उजुरी संघमा परेपछि तामिल चलचित्र सक्रिय निर्माता संघ समीक्षा रोक्न अदालत पुगेको हो । मद्रासको उच्च अदालतमा रिट निवेदन दायर गरी निर्माता संघले समीक्षा रोक्न विशेष अपील गरेको छ । सो संघले चलचित्र रिलिजको मितिबाट तीन दिनसम्म युट्युव, इन्टाग्राम, फेसबुक तथा अनलाईन सञ्चार माध्यममा सो चलचित्र सम्बन्धी सबैप्रकारका समीक्षाहरू प्रकाशन एवम् प्रशारणमा प्रतिबन्ध लगाउन राज्य र केन्द्र सरकारसँग माग गरेका छन् । उनीहरुले समीक्षा रोक्न केन्द्र तथा राज्य सरकारले नै निर्देशन दिनु पर्ने पनि माग गरेका छन् । यसलाई अब राष्ट्रिय चलचित्र नीतिमा समावेश गरिनु पर्ने उनीहरुको माग रहेको छ ।

संघले केन्द्रीय र राज्य सरकारहरूलाई सम्बोधन गर्दै अदालतमा जाहेरी दिएको उजुरी पत्रमा लेखेको छ,‘कुनै पनि चलचित्र रिलिज भएको तीन दिनसम्म सोशल मिडिया प्लेटफर्महरू जस्तै यूट्यूब च्यानलहरू, एक्स ह्यान्डलहरू, इन्टाग्रामहरु र फेसबुक पृष्ठहरू सहित अनलाईन मिडियाहरुमा समेत नयाँ चलचित्रहरूको समीक्षा गर्न पाउने छैनन् । जसका लागि अनलाइन फिल्म समीक्षकहरूलाई रोक लगाउन जोडदार माग गर्दछौं ।’ उनीहरुलाई यस्तो काम रोक्नको लागि दिशानिर्देशहरू बनाउन पनि राज्य र केन्द्र सरकारसाग निर्माताहरुले माग गरेका छन् ।

ठूला बजेटको हिन्दी, तामिल, तेलुगु, कन्नड चलचित्रहरु रिलिज भएसँगै अनलाइनमा नकारात्मक समीक्षा आएर चलचित्रको व्यापार बिग्रेपछि यो मुद्धा दायर गर्न बाध्य भएको पनि निर्माताहरुले बताएका छन् । नरकात्मक समीक्षाको सबैभन्दा ठूलो असर अभिनेता सूर्याको हालै रिलिज भएको चलचित्र कंगुवालाई परेको पनि उनीहरुले दाबी गरेका छन् । बास्तविक समीक्षकले राम्रो भनेको यो चलचित्रलाई अहिलेका नव समीक्षकहरुले पूर्ण नकरात्मक रुपमा समीक्षा गरेको उनीहरुको दाबी छ ।

यसैबीच, तमिलनाडु प्रोड्युसर काउन्सिल (टिएनपिसी) ले पनि एक विज्ञप्ति जारी गर्दै चलचित्र प्रदर्शन घर सञ्चालकहरुलाई चलचित्र प्रदर्शन पछि हल परिसरभित्र भिडियो समीक्षा र सार्वजनिक समीक्षाहरू रेकर्ड गर्ने युट्युव च्यानलहरूलाई प्रतिबन्ध लगाउन पनि माग गरेको छ । आफ्ना व्याक्तिहरुलाई भेला गरेर नक्कली दर्शक बनाएर चलचित्रको नकरात्मक समीक्षा गरेको पाईएपछि आफुहरुले यो कदम उठाउन बाध्य हुनुपरेको काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकै परिवारको ३५ वर्षसम्म वर्चस्व