गुल्मीको रेसुङ्गाका गर्भवती र सुत्केरीलाई पोषण प्याकेज

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई पोषण प्याकेज र न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को बार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।

यस कार्यक्रम अन्तरतरगत महिलाहरु प्रथम पटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाईका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्जु घर्ती मगरले जानकारी दिइन् ।

यो कार्यक्रम यो आर्थिक बर्षभरी संचालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपमेयर’ कार्यक्रम संचालन गरिएको छ । यो बर्ष पाँच लाख बजेट बिनियोजन गरी नगरले गर्भवती र सुत्केरीको लागि काम गरिरहेको छ ।

चालु आर्थिक बर्षमा तीन सय जना गर्भवती हुने नगरको अनुमान छ । नगरका १४ वटा वडाका १६ वटा स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपमेयर’ कार्यक्रम संचालन हुनेछ । यसरी हेर्दा नगरपालिकाभरी एक सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिइन् ।

गर्भवतीका लागि भिडियो एक्सरे
नगरपालिकाको समुह सेवा लिएर स्वास्थ्य संस्थामा जाँदा गर्भवतीहरुका लागि भिडियो एक्सरेको सुविधा पनि प्रदान गर्ने गरेको छ । यसका लागि दुई लाख बिनियोजन गरिएको छ । तालिम प्राप्त जनशक्तिले भिडियो एक्सरे गर्ने नगरपालिकाले जनाएको छ ।

बाहिर अस्पतालमा भिडियो एक्सरे गराउँदा एकजनाको आठदेखि नौ सय रुपैँया सम्म पर्ने तर नगरपालिकाले निःशुल्क रुपमा भिडियो एक्सरेको सुविधा दिने वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन थापाले बताए । ‘आगामी दिनमा अपाङ्ग बालबालिका नजन्मिउन भन्ने उदेश्यले यो कार्यक्रमको सुरुवात गरिएको हो ।’ वडाध्यक्ष थापाले भने, ‘यसले गरिब तथा विपन्न परिवारलाई धेरै नै टेवा पुगेको छ ।’

अस्पतालदेखि टाढा रहेका नगरको वडा नम्बर ५, ६, १०, ११, १२, १३ र १४ वडाका महिलाहरुलाई यो कार्यक्रमले धेरै नै लाभ पुग्ने गर्दछ । यसै कार्यक्रमअन्तरगत हालसम्म नगरका ५७ महिलाले भिडियो एक्सरेको सुविधा लिएका छन् । भिडियो एक्सरेको समेत सुविधा थप हुँदा यो कार्यक्रमको प्रभावकारिता बढेको छ । ‘कार्यक्रम एकदमै राम्रो छ, हामी महिलाहरु खुसि छौँ ।’ रेसुङ्गा नगरपालिका–८ की विष्णु पाण्डेले भनिन्, ‘आगामी बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’

रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले कार्यक्रमले अर्को बर्ष पनि निरन्तरता पाउने बताइन् । नगरमा अर्को पनि अल्ट्रासाउण्ड मेसिन भएकोले घुम्ति अल्ट्रासाउण्ड सेवा थप प्रभावकारी हुने उनको भनाई छ । ‘गाउँगाउँका विपन्न महिलाहरुलाई स्वास्थ्य सेवाकै लागि सदरमुकाम धाउन नपरोस् भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेका हौँ ।’ कुँवरले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी