आदर्श कप सुरु

पोखरा । पोखरामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । आदर्श क्लबको आयोजनामा २२–२९ मंसिरसम्म लेखनाथ भण्डारढिकमा चल्ने प्रतियोगितामा गण्डकीका ८ टिमले भाग लिएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कभर्ड हल र रंगशालाको स्तरोन्नतिमा प्रदेश सरकारले केही न केही सहयोग गर्ने बताए ।

पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पूर्णता नपाएको गुनासो गरे ।

उद्घाटन खेलमा आयोजक आदर्श क्लबले विजयी शुरुवात गरेको छ । एन्फा तनहुँलाई १–० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । ४१ औं मिनेटमा सजिन मगरले डि एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । निर्धारित ९० मिनेटको खेलमा थप गोल नभएपछि निर्णायक बनेको हो । म्यान अफ दी म्याच सजिन मगर घोषित भए ।

आइतबार नेपाल आर्मी सिद्धिदल गण र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले ४ लाख २५ हजार ५२५ रुपैयाँ र उपविजेताले २ लाख २५ हजार ५२५ रुपैयाँ साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै विधागत पुरस्कार पनि व्यवस्था गरिएको अध्यक्ष पदम गुरुङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी