‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ को घोषणा

काठमाडौं। काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरि प्रसाद घिमिरेले अवार्ड कार्यक्रमको महत्व र उद्देश्य ’bout चर्चा गर्दै आगामी पौष १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम घाेषणा हुने जानकारी दिए।

अध्यक्ष घिमिरेका अनुसर, “संघको स्थापना २०६५ सालमा भएको हो र तबदेखि हामी फोटोग्राफरको हकहितका लागि विभिन्न कार्य गर्दै आएका छौँ। विवाह फोटोग्राफीमा लाग्न चाहने साथीहरूको मनोबल उच्च पार्नका लागि २०१२ देखि हामी विवाह फोटो प्रतियोगिता गर्दै आएका छौँ।”हामी फोटोग्राफरहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दैछौँ।”

अध्यक्ष घिमिरेको नेतृत्वमा काठमाडौँ फोटोग्राफर संघले विवाह फोटोग्राफीलाई एक महत्वपूर्ण कला र व्यवसायको रूपमा प्रतिष्ठा दिलाउनका लागि काम गर्दै आएको छ। उनले संघको आगामी योजना’bout पनि स्पष्ट पार्दै अवार्ड कार्यक्रमको आयोजकका रूपमा फोटोग्राफरहरूको दक्षता विकास र प्रोत्साहनका लागि कडा पहल गरिरहेको बताए । अवार्ड कार्यक्रमलाई सफलपार्न सवैको साथ र सहयोग आवस्यक रहने भन्दै अध्यक्ष घिमिरेले प्रायोजक लगायत संस्थामा आवद्ध हुनुभएका सम्पूर्ण लाई विषेश धन्यवाद दिएका छन् ।

कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले आगामी पौष १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

उनले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उदेश्यका साथका अवार्ड कार्यक्रम आयोजना गर्न उनले जानकारी दिए ।

उनले भने,‘अवार्ड फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उदेश्यका साथ आयोजना गर्दैछौं ।’ अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुईवटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।

विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् ।

फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ । अवार्डकाे मुख्य बिधा अन्तर्गत प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम संस्थाका सचिव रेशमराज पण्डितले सञ्चालन गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा