दैलेख । पेट्रोलियम पर्दाथ अन्बेषणका दश वटा लाईन मध्ये सातवटा साईस्किमको काम सम्पन्न भएको छ । जिल्लाको नाभिस्थान शिरिस्थान पादुका ज्वाला रहेको धार्मिकस्थललाई आधार मानि गरिएको पेट्रोलियम पर्दाथको अन्वेषण सम्पन्न भएको हो । २०७६ कात्तिकदेखि सुरु गरिएका पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत तीनवटा साईस्मिक सर्भे काम बाँकी रहेका छन् ।
अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा खनिएका १० वटा साइस्मिक सर्भे लाइनमध्ये खनिएका सातवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भेको काम सम्पन्न गरेको खानी तथा भुगर्भ बिभागका अन्वेषण अधिकृत डा ः गणेशनाथ त्रिपाठीले जानकारी दिए । उनले भने, ‘टोलीले बाँकी रहेका तीवनटा लाईनको काम फागुनको दोस्रो सातासम्म सक्ने गरी काम अगाडी बढिरहेको छ । अन्वेषणबाट दैलेखमा पेट्रोलियम पदार्थ भेटिए । कर्णाली प्रदेश मात्र नभए सिंगो. मुलुक समृद्ध तर्फ बढने आर्थिक र बिकासमा देशले ठुलो सहयोग पुग्ने छ ।’
प्राविधिक टोलिले दैलेखका भैरवी गाउँपालिकाका केही भु–भाग दुल्लु नगपालिकाका केही क्षेत्र, डुंगेश्वर गाउँपालिका केहि भुभाग र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानि पेटोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको छ । अन्वेषण अन्तर्गत पेट्रोलियम जियोलोजिकल सर्भे म्याग्नेट सर्भे टेल्युरिक सर्भे जिओ केमिकल सर्भे स्याम्पलिङ सर्भे र यीमध्ये पेट्रोलिम अन्वेषणका लागि महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको डा. त्रिपाठिले बताए । ‘१० वटा साइस्मिक लाइनमा सर्भे सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली चीन फर्केर यहाँ संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी फर्के पछि चार किलोमिटर गहिराईसम्म मुख्य डिलिङको काम गर्ने छन्’, डा. त्रिपाठीले भने ।
नेपालको संविधान २०७२ जारी भएपछि मधेस वादी दलहरूको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीनमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेपाल सरकार खानी तथा भुर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चाईना सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्नका लागि २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भए अनुसार अहिले दैलेखका बिभिन्न भूभागमा अन्वेषणको कामले तीव्रता पाएको हो ।
दैलेखको पूर्वी भुभागमा साईस्मिक सर्भेको काम सम्मपन्न भएपछि चाइनाको प्राविधिक टोलिले अहिले दुल्लु नगरपालिका –८ दुल्लु संग्रालयको नजिकै क्याम्प राखेर पश्चिम क्षेत्रमा अन्वेषणको काम गर्दै आएको छ । गत कात्तिकमा तत्कालिन उद्योग मन्त्रि मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषण गरिएको थियो ।
