पक्षघात पीडितको गुनासो : भगवान पनि निष्ठुरी रहेछन्



दैलेख । नारायण नगरपालिका ४ रातापानीका भरतबहादुर सिजाली पक्षघात (प्यारालाइसिस)ले ६ महिनादेखी ओछ्यानमै थला परेका छन् । ५ जना परिवारलाई पाल्ने भरत विरामी परेपछि सिजाली परिवारामा विचल्ली भएको छ । आफु विरामी पर्दा पनि उनलाई आफ्नो भन्दा जहान परिवारकै चिन्ताले पिरोल्न थालेको छ । उनको घरमा दुई सन्तान आमा बाबु श्रीमती छन् । तर भरत बाँच्न चाहन्छन । आर्थिक अवस्था कमजोर भएका कारण उपचार पाउन सकेको छैन । मजदुरी गरेर उनले जहान परिवार पाल्दै आएका थिए ।

जन्मेदेखी मेरुदण्डको समस्या भएका भरतको वयस्क भएपछि समस्या बल्झियो । ‘मेरुदण्डमा मासु पलाएको थाहा भएपछि शल्यक्रिया गरे । केहि वर्ष सन्चो पनि भयो तर, अहिले कम्मर मुनीको भाग चल्दैन । ‘सामान्य मजदुरी गरेर जीवन निर्वाह गरेको उनको उपचारका लागि खर्च जुटाउने अवस्थामा छैनन् । थप उपचारका लागि उनीसँग रकम पनि छैन । ‘मेरो त यो गति भयो, भयो । मेरो जहान परिवार भोको रहेको भगवानले पनि देखेनेछ । भगवान त सबै ठाउँमा हुन्थे भनेको सुनेको थिए । तर गरिवको घरमा हुने रहेछन’,गहँभरि आँशु पार्दै भरत भक्कानिए ।

बुढेसकालको सहारा विरामी परे बेसहारा भयौं

भरतका ७६ वर्षीया बुबा भगिराम सिजाली २६ वर्षदेखि जलविन्दु विरामी छन् भने, ७४ वर्षीया आमा दिलमाया सिजाली कान सुन्दिनन् । भरत थला परेपछि परिवारलाई हातमुख जोड्न मुस्किल परेको छ । ‘बुढेसकालमा कमाएर छोराले पाल्ने आशा गरेका थियौं त्यही छोरो विरामी हुँदा आफुहरुलाई दिन दुगुना रात चौगुना भएजस्तै लागेको दुखेसो पोखिन ।

कमाउने छोरा थला परेपछि बुबा भगिराम सिजाल घिस्रिएर सहयोगको याचना गरिरहेका छन् । अरुको सहारा विना घरवाहिर र भित्र गर्न सक्दैनन । उनलाई घर बाहिर जान पनि अर्काको सहारा चाहिन्छ । ‘छोराको उपचारमा लागेको ऋण तिर्नै बाँकी छ,’ भगिराम भन्छन् ‘जीवन गुजारा गर्न पालेको भैसी बेचेर छोराको उपचार गरियो । तर छोरा ओछ्यानबाट उठेन । विहान उठ्ने वित्तिकै छोरो उठ्यो भनि हेछु,कहिले उठर्दैन दुखेसो पोखे ।’

आमा बाबु मात्र होइनन,श्रीमानको दयनिय अवस्था देखेर पत्नी कनमती सिजाली बेला–बेलामा आँखाबाट आँशु छचल्किन्छन् । आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमानको उपचार गर्न नसकिएको दुखेसो पोख्छन् । उनी भन्छिन् ‘उपचार गर्ने पैसा छैन । कसैले मेरो पिडा पढेर सहयोग गरिदिन अनुरोध गरिन । अहिले सम्म कुनैपनि सरकारले सिजालीका पिडालाई बुझ्न नसकको उनको दुखेसो छ । चुनावताका सहयोग गरौला भोट दिने नेता नआउँदा नेताप्रति वितृष्णा जागेको बताई । ‘दुई छोरा छोरीलाई पढाउन ग्राहो परेकोछ । १६ वर्ष अघि नौमूले गाउँपालिकाको बालुवाटरबाट भरतको परिवार नारायण नगरपालिका–४ रातापानीमा बसाई सरी आएका थिए

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना