माओवादी केन्द्रिय समिति पुस २४ सम्म लम्बिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रिय सदस्यले धारणा राख्ने भए पछि पुस २४ सम्म सञ्चालन हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाइ तीन–तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ सम्म लम्बाइएको हो ।

आजको बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार  ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा  प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन, जहाँ आज र भोली केन्द्रिय सदस्यहरूले धारणा राख्नेछन भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिए पछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ ।

त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ। 

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार छान्न कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक बस्ने