साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा देखिएको वर्तमान परिस्थितिमा सबै राजनीतिक दल, नेता तथा नागरिकलाई संयमित हुन आग्रह गर्दै साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा तराई–मधेस केन्द्रित दलका नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिले आरोपप्रत्यारोप र तत्काल मूल्यांकन गर्नेभन्दा पनि हिंसा नफैलियोस् भन्नेमा सबै पक्ष केन्द्रित हुनुपर्ने बताए । । उनले अहिलेको समयमा बोलिने अभिव्यक्ति र सामाजिक सञ्जालमा गरिने टिप्पणीले शान्ति कायम गर्न सहयोग पुग्ने खालको हुनुपर्ने उल्लेख गर्दै हिंसा भड्काउने अभिव्यक्ति नदिन आग्रह गरे ।

सभापति लामिछानेले सबै राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सदभाव र संयमताको सन्देश पु¥याउनुपर्ने बताए ।

“अहिले समय मूल्यांकन गर्ने होइन, हिंसा नफैलियोस् र सद्भाव कायम रहोस् भन्नेमा सबै संयमित हुन आवश्यक छ । हामीले बोलेका शब्दले शान्ति कायम गर्न सहयोग गर्नुपर्छ, हिंसा बढाउने होइन,” उनले भने, “अहिले मेरो अपिल सबै राजनीतिक दलका नेताहरूलाई छ । हामीलाई सुन्ने, मान्ने र विश्वास गर्ने जनसमुदायलाई शान्ति, सद्भाव र संयमको सन्देश दिनुपर्छ । त्यो अपिल बस्ती–बस्ती, टोल–टोलसम्म पुग्नुपर्छ । आमनागरिकले बुझ्ने गरी अहिले एकआपसमा लड्दा त्यसको असर सबैलाई पर्छ, कसैले जित्दैन भन्ने कुरा बुझाउनुपर्छ ।”

मानिस मानिससँग डराउने अवस्था सिर्जना हुन नदिन सबैले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने बताउँदै सभापति लामिछानेले अहिले साम्प्रदायिक हिंसा कसरी उत्पन्न भयो भन्ने समीक्षा गर्नेभन्दा पहिले आगो निभाउने काममा केन्द्रित हुनुपर्ने धारणा राखे ।
समय आएपछि राजनीतिक र नैतिक जिम्मेवारी’bout समीक्षा गर्न सकिने उनको भनाइ थियो । साथै, उनले आफ्ना परिवारका सदस्यलाई अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा राख्न आग्रह गरे ।

छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बैठकमा शान्ति, सद्भाव कायम राख्ने र अफवाह फैलिन नदिने विषयमा जोड दिइएको बताए । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले न्याय, शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम गराउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

देशको पछिल्लो परिस्थिति’bout छलफल गर्न आयोजित बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका नेता समिम अन्सारीलगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ