वार्षिक उत्सवमा ५२ जनाद्वारा रक्तदान

बारा । बारामा वार्षिक उत्सवको अवसरमा ५२ जनाले रक्तदान गरेका छन् । महागढिमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा जनजागरण युवा क्लबको २७ औं वार्षिक उत्सवको अवसरमा ४ महिला सहित ५२ जनाले रक्तदान गरेका हुन् ।

नगरप्रमुख उपेन्द्र प्रसाद यादवले रक्तदान गरि कार्यक्रमको उदघाटन गरेका थिए । अति आवश्यक भएकोले नै आफुले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्ने गरेको समेत उनले बताए । चिसोको मौसममा पनि रक्तदानको सहभागिता देखेर आफु हर्षित भएको नगरप्रमुखले बताए । संसारमा एउटै तत्व रगत हो जुन नभई नहुने नगरप्रमुख यादवले भने ।

रक्तदान गर्नेहरुमा दिनेश यादव, साजन गुप्ता, मिना गुप्ता, नरेश प्रसाद साह,पवन सहनी,रिना कुमारी, अवधेश प्रसाद यादव, बाबुराम प्रसाद यादव, नवराज घिमिरे, मुन्द्रिका चौरसिया, सुरेश यादव, ओम शान्ती कि गंगा थापा, नगरप्रहरी लगायत ५२ जनाले रक्तदान गरेको जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवले जानकारी गराएका छन् ।

क्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षता तथा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा क्लबका कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा,उपाध्यक्ष राजदेव साह, रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरु मनिष गुप्ता, लिलाधर साह लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी